आज एक खेल हुँदै मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब ‘ए’ डिभिजन लिग

Share to:

रासंसा/काठमाण्डौ, पौष १७,
मुलुकमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सातौं चरणअन्तर्गत आज (आइतबार) एक खेल हुँदैछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ । पुलिस भने आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस्तै, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *