माओवादीको मतदाता नामावली सार्वजनिक
रासंसा/काठमाण्डौ, पौष १७,
मुलुकमा माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ । सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ । हालसम्म अन्य नेताले अध्यक्षमा दावी नगरेकाले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ । महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन् । यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौँ महाधिवेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेको छ । मतदाता नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।