सान् ऐजुकेशनल कन्सलटेन्सीको पुर्व मन्त्री भण्डारी द्वारा उद्घाटन
*************************************** अन्जनराज न्यौपाने गण्डकी प्रदेश समाचार / तनहुँ १५ गते बिहीबार **************************************** नेपाली काँग्रेसका केन्द्रीय सदस्य एब्म् पुर्व मन्त्री शंकर भण्डारीले सान एजुकेसन कन्सलटेन्सीको कार्यालय उद्घाटन गरेका छन्। बिहीबार ब्यास-४ स्थित मुनलाईट होटलको दोस्रो तल्लामा स्थापित गरिएको उक्त कार्यालयको रिवन काटेर उनले उद्घाटन गरेका हुन्। विदेश गएका नेपालीहरु आफनो मातृभूमि नेपाललाई कदापि विर्सन नहुने बताए ।
नेपालका धेरै जसो नेपालीहरु विदेशमा राम्रो काम लगाईदिने प्रलोभनमा ठगिएको बताउदै आफुले रोजगारीका सिलसिलामा पठाएका नेपालीकामदारहरुलाई ठगिनबाट बचाउन सदैव प्रयत्नशील रहन आग्रह गरे । राम्रो काममा लगाई दिन्छु भन्दै धेरै कन्सलटेन्सहरुले झुक्याएर विदेश गएपछि आफुले पठाएकाहरुसग सम्पर्क विहिन हुनु,पैसा फसिनु दुखद भएको बताउदै आफुले तेस्ता मेनपावर उपर कारवाहीगराई कानुनी उपचार दिलाउन पहल गरिने बताए ।
सान एजुकेसन कन्सलटेनसीका संचालक नजरत अलि मियाँ,सतार मियाँ र सलमान अलिको संयुक्त कुल २० लाखको लगानीमा स्थापना गरिएको सो कार्यालयबाट कोरिया,जापान,दुवैइ,अमेरिका ,अस्ट्रेलिया ,मकाउ ,ओमन लगाएतका देशहरुमा सेवा दिईने कन्सलटेन्टका संचालक नजरत अलि मियाँले जानकारी दिए।
उद्घाटन कार्यक्रममा स्थानीय युवा समाज सेवी खेम गुरुङ ,युवा समाजसेवी दिलबहादुर दरै ,युवा समाजसेवी टिकाराम साप्कोटा,समाजसेवी नेक महमद मिया लगाएतका महानुहानुभावहरुको उपस्थिति रहेको थियोे ।