मनाइयो तमु ल्होसार
रासंसा/काठमाण्डौ, पौष १५,
यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत, काठमाडौं लगायतका जिल्लाहरुमा धुमधामसँग तमु ल्होसार मनाइन्छ । त्यसर्थ, ल्होसारका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमका तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । गुरुङ समुदायले धुमधामसँग ‘तमु ल्होसार’ पर्व मनाएका छन्। यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ । जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
Like