स्वतन्त्र पत्रकार सघ नेपालको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
**************************************अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / समाचार तनहुँ । **************************************** ****************************************
स्वतन्त्र पत्रकार सघ नेपाल जिल्ला कार्य समिति तनहुँले गत साउन ५ गते भएको निर्वाचित जिल्ला समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना एब्म् प्रमाणपत्र वितरण कार्यक्रम जिल्ला शाखाका अध्यक्ष सुरेश सुनारको सभापतित्वमा भब्यताका साथ सम्पन्न गरेको छ।
सघको जिल्ला शाखाको तेस्रो अधिवेशनमा सर्वसहमत निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना मन्तब्य दिदै कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार सघ नेपालका राष्ट्रिय बरिस्ठ उपाध्यक्ष केवी संम्राटले पत्रकार स्वतन्त्र पुर्वक कलम चलाएर मानवको हक,हित र अधिकारलागि अहोरात्र कठिब्द्द भएर लाग्न सक्नुपर्ने बताए ।
कुनै दलको झण्डा बोकेर ,पाटीको झोले भएर पत्रकारिता गर्न नहुने ,प्रेस जगतले स्वतन्त्र भएर कलम चलाउन सक्नुपर्छ उनले भने । पत्रकारको क्षमता अविवृदि गराउन र समाचार लेखन,उदधोषण र बाचन सम्वन्धी तालिम निकट भविष्यमा गरिने समेत जानकारी दिए। कुल ३८ जिल्लामा यश सघको जिल्ला शाखाहरु गठन भएको र आगामी दिनहरुमा ७७ जिल्ला शाखा गठनगरि महासघ बनाईने समेत जानकारी दिए।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय महासचिव अन्जनराज न्यौपानेले स्वतन्त्र पत्रकारिता आजको आबश्यक्ता भएको बताउदै , पत्रकारले कलम चलाउदा स्वतन्त्र भै निश्पक्षरुपबाट ,समय,सापेक्ष सत्य ,तथ्य र खोजमुलक समाचार संप्रेश्रण गर्नुपर्ने धारण ब्याक्त गरे। दुरदराजमा रहेका अति निमुखा,अनाथ,विपन्न बर्गका आवाजविहिनहरुको आवाज बनेर उनीहरुको समस्या समाधान गराउन र सामाजिक न्याय दिलाउन स्वतन्त्र पत्रकार सघ नेपाल सदैव अहोरात्र खटिन अपिल गरे। समाजमा भए गरेका विकृति र विसंगति पुर्ण व्यहारप्रति तिखो ब्याङ्ग्य गरि तल्ला र माथिल्लो तहमा रहेका ब्याक्तिहरुलाई सचेतना जगाउन र समाजलाई अग्रगामी परिवर्तन दिलाउन सबै तहमा रहेक विभिन्न संचार माध्यमहरु सुसंगठित भै काधमा काध, हातमा हात मिलाएर अधि बड्नुको विकल्प नरहेको बताए ।
यसैगरी ,युवा समाजसेवी मीनबहादुर चदारोले आफ्नो शुभकामना मन्तब्यका क्रममा बोल्दै पत्रकारलाई खादा भन्दा कलम डायरी आवश्यक हुने खादा क्षणिक हुने कलम डायरी लामो समय सम्म उपयोगी हुने बताए । समाजलाई अग्रगति दिलाउन पत्रकारले खेलेको भुमिका सराहनीय भएको भन्दै राजनैतिक आस्था जे र जुन भए पनि कलम चलाउदा स्वतन्त्र र निर्भीक भएर निश्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड् दिए।
राष्ट्रिय दलित पत्रकार सघ तनहुँका अध्यक्ष एस,वि नेपालीले पत्रकार स्वतन्त्र पुर्वक कलम चलाउनु पर्ने बताए ।कुनै पनि पत्रकार पार्टीको झोले बन्न नहुने वताउदै पत्रकारितामा कुनै राजनैतिक गन्ध आउनु राम्रो विषय नभएको बताउदै हरेक पत्रकारले जनचाहना अनुसार मावनको हक,हित र अधिकारकालागि हरदम स्वतन्त्र र निश्पक्ष भै समाचार संप्रेश्रण गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वतन्त्र पत्रकार सघ जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई प्रेस जकेट प्रमाणपत्र र ब्याच वितरण गरि अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियोे ।