कर्णाली क्षेत्रमा हिमपातले जनजीवन अस्तव्यस्त
रासंसा/हुम्ला, पौष १४,
मुलुकमा हुम्लालगायत कर्णालीको जुम्ला, डोल्पा, कालिकोट, मुगुमा हिमपात भएको छ । हिमपातका कारण जुम्लाबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् भने हवाई सेवा पनि संचालन हुन सकेको छैन् ।
गत सोमबार राति देखि भईरहेको हिमपात बुधबार साँझ सम्मपनि रहेको छ । अहिलेसम्म औसतमा ३ फिट भन्दा बढि हिँउ परीसकेको छ । हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कस्टकर बन्दै गएको छ, हिमपातपछि बढेको चिसोको कारण बालबालिका, वृद्धवृद्धालाई स्वाथ्यमा कठिनाई हुने गरेको छ ।
Like