सबैको भावना समेट्ने म सबैको सभापति हुँ, – सभापति देउवा

Share to:

रासंसा/काठमाण्डौ, पौष १०,

मुलुकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् । सभापति देउवाले आफु सबैको सभापति भएको बताउँदै सबैको भावना समेटेर हिँड्ने बताए । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले काँग्रेस जनतासँग भिजेको पार्टी भएको बताउँदै स्थानीय र सबै चुनावमा पार्टीलाई ठूलो बनाउने दाबी गरे । उनले भने, ‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ। काङ्ग्रेस प्रजातान्त्रिक पार्टी छ र यस्तो प्रजातान्त्रिक अभ्यास गर्ने अरु पार्टी छ जस्तो लाग्दैन ।’ पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए । सभापति देउवाले भने, ‘म सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, पार्टीमा सबैको भावना समेटेर हिँड्छु ।’

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *