बैंकिङ सुविधा उपयोग गर्दै कारोबार गर्न प्रबन्धक बर्ताैलाको आग्रह
रासंसा/काठमाण्डौ, पौष १०,
मुलुकमा ग्लोबल आईएमई बैंककी प्रबन्धक कविता बर्ताैलाले बैंकका कर्मचारीहरुको लगनशिलता सेवाग्राहीमा बढीभन्दा बढी सेवा तथा सहयोग र सुविधा पु¥याउन सकियोस् भन्ने हुनुपर्नेमा जोड दिएकी छन् । सो बैंकको सितापाइला शाखाद्वारा शुक्रबार सितापाइलामा आयोजित डिजिटल बैंकिङसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्धक बर्ताैलाले सो विषयमा जोड दिएकी हुन् । ‘ग्लोबल आईएमई बैंक हर समय जनताको साथमा छ, यो बैंकले प्रदान गर्ने सेवा सुविधा निर्धक्कसँग प्रयोग गर्न म आग्रह गर्दछु,’ उनले भनिन् । सेवाग्राहीसँगको पटक पटकको अन्तरक्रियाबाट डिजिटल बैंकिङसम्बन्धी अझै बढी जानकारी प्रवाह गर्नु अपरिहार्य रहेको महसुस गर्दै कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो । उनले प्रचलित व्यवस्थाको अधिनमा रहँदै बढीभन्दा बढी सुविधा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । सेवाग्राहीमा अधिकतम सेवा प्रदान गर्न ग्लोबल आईएमई बैंक परिलक्षित रहेको बताउँदै उनले आफूहरुले विभिन्न विधिमार्फत् जनतालाई सेवा प्रदान गरिरहेको धारणा पनि राखेकी छन् । प्रबन्धक बर्ताैलाले ग्लोबल आईएमई बैंैकले प्रदान गर्दै आएको सुविधालाई अधिकतम उपयाग गर्दै सहज ढंगले बैंकिङ कारोबार गर्न पनि आग्रह गरिन् । बैंकका उच्च अधिकारीहरुको समेत सहभागिता रहेको सो कार्यक्रममा डिजिटल बैंकिङसम्बद्ध विज्ञहरुद्वारा विभिन्न विषयमा विस्तृत जानकारी गराइएको थियो ।