पाँचौं वार्षिक साधारण सभा स्वाभिमान लघुवित्त संस्थाको सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ, पौष १०,

मुलुकमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तिलोत्तमा-५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले पुष ८ गते आफ्नो साधारण सभा सम्पन्न भएको विज्ञप्तिमार्फत जनाएको हो । संस्थाको हालसम्म नेपालका ७ जिल्लामा ३४ वटा शाखा रहेको र असोज मसान्तसम्म २४ हजार ९ सय ४९ जना ग्राहक रहेको संस्थाले जनाएको छ। साथै संस्थाको १ अर्ब ७२ करोड ६८ लाख लगानी र ५५ करोड बचत रहेको जनाएको छ । साधारण सभाले आर्थिक वर्ष २०७७।०७८को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । साधारण सभाबाट संस्थाको चुक्ता पुँजीका लागि ९ करोड २० लाख ५० हजारको ३२ दशमलव ३० प्रतिशत बोनस र १ दशमलव ७० प्रतिशत कर प्रायोजनार्थ नगद प्रस्ताव पारित गरेको छ । सोही दिन साधारण सभा सम्पन्न भएपछि बसेको बैठकले संचालक समितिको अध्यक्षमा नारायण श्रेष्ठ चयन गरेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाले जनाएको हो ।

Like