६४ सवारीसाधन चालकको स्वास्थ्य परीक्षण ,निशुल्क स्वास्थ्य परिक्षण पाउँदा सवारी चालक लाभान्वित
***************************************अन्जनराज न्यौपाने / गण्डकी प्रदेश / सुरक्षा समाचार / तनहुँ ।ँँँँँँँँँँँँँँँँँँँँँँ,ंँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँँं जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ ,जिल्ला प्रहरी कार्यालय तनहुँ को आयोजना र जिल्ला अस्पताल कार्यालय तनहुँको समन्वयमा बुधबार सवारी चालक स्वस्थ्य परीक्षण कार्यक्रम बुधबार सुरु गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पृथ्वीराजमार्ग स्थित ब्यास-१ अम्रेनी को मुसेखोलामा १ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख डोलेन्द्रबहादुर हमालले विभिन्न खाले सवारीसाधन चालकको स्वास्थ्य अवस्था र आँखा चेकजाँच गरि उनीहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी सल्लाह र परामर्श सवारी दुर्घटना न्युनिकरण गराउने उदेश्यले१े दिने कार्यक्रम आयोजना गरिएको बताए ।
ट्राफिक प्रमुख हमालका अनुसार सवारीसाधन चालकहरुको प्रेसर र आँखा चेकजाँच निशुल्क चेकजाँच गराउदा उनीहरु प्रत्येक्ष लाभान्वित भएको र सवारीसाधन चालक स्वास्थ्य परामर्श पाउँदा खुसी भएको जानकारी दिए।
उक्त स्वास्थ्य परीक्षणमा ६५ जनालाई आँखा चेकजाँच र प्रेसर जाँच गरिएको छ भने उक्त स्वास्थ्य परीक्षणमा कलरभिजन डिफेक्ट -३ जनामा ,रिफलेक्टिभ ईरर -७ जनामा ,प्रेसवायोपिया -८ जनामा ,हाई प्रिन्सिभ ४५ जनामा र नर्मल- १७ जनामा स्वास्थ्य समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख डोलेन्द्रबहादुर हमालले जानकारी दिए। ग१३ प२५७७ सवारीसाधन चालक ब्यास-१ अम्रैनी निवासी ६९ बर्षका कुमराज नहर्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले निशुल्करुपमा सवारीसाधन चालकहरुलाई स्वास्थ्य परीक्षण गराउनु सुखद् भएको भन्दै विभिन्न समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगतका सामाजिक सेवामूलक कार्य हुदा जिल्लावासी अत्यन्तै हर्षित र लाभान्वित भएको बताए ।
ट्राफिक प्रहरी कार्यालय तनहुँले विभिन्न समयमा यसरी रचनात्मक र प्रभावकारी भुमिका निर्वाह गरिनु उच्चस्तरीय कार्य भएको जिल्ला वासी वताउछन। विधालयतह,स्थानीय तह,दुर्धटना हुने क्षेत्रहरुमा विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गर्दै गराउदै ,मानवको जिउधन र सवारी दुर्घटना नियन्त्रणगराउन २४ सै घण्टा सुरक्षामा अहोरात्र खटिने ट्राफिक प्रहरीको कार्य प्रसंसनिय भएको सवारीसाधन चालकको भनाइ रहेको छ।