आरआर क्याम्पसमा विद्यार्थीले आफ्नै गुरु पिटे

Share to:

रासंसा/काठमाण्डौ, पौष ६,

आन्तरिक परीक्षा भइरहेका बेला शिक्षक पुडासैनीसँग ती विद्यार्थीले भनाभन गरेका थिए । शिक्षकहरुको कक्षामै गएर देशाराले शिक्षक पुडासैनीमाथि हातपात गरेका थिए । प्रर्दशनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) मा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि हातपात गरेका छन् । आरआरका विद्यार्थी कुबेर देशाराले आफैलाई सोसल वर्क पढाउने शिक्षक प्रकाश पुडासैनीमाथि मंगलबार बिहान कुटपिट गरेका हुन् । अन्य शिक्षकहरुले त्यही बेला देशारालाई पक्राउ गरेका थिए । तर , शौचालय जान्छु भनी हिँडेका देशारा त्यहींबाट भागेका थिए । उनी अहिले फरार छन् । शिक्षकमाथि हातपात गर्ने विद्यार्थीलाई कारबाही गर्न आरआर क्याम्पसका शिक्षकले माग गरेका छन् ।

Like