चरित्र निर्माण संघको ३२ औँ साधारण सभा सम्पन्न
रासंसा/काठमाण्डौ, पौष २,
अर्जुन भुसाल
चरित्र निर्माण संघको ३२ औँ साधारण सभा संघको केन्द्रीय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ l संघका अध्यक्ष ऋषिकुमार प्रानामुर्तीको सभाध्यक्षमा भएको कार्यक्रममा हँसडा योगाश्रमका अध्यक्ष तथा संघका संरक्षक ऋषिकुमार पंचशील, संरक्षक कल्याणमित्र, पशुपति योगाभ्यास केन्द्रका अध्यक्ष एवं पाशुपत योग तथा पाशुपत धर्मका अभियन्ता तथा लेखक योगाचार्य महात्मा सुशील लगायतका स्वामी सच्चिदानन्द विशिद्ददेवका शिस्यहरुको आतिथ्यतासाथै सघका सबै पदाधिकारीहरुको उल्यख्य मात्रामा उपस्थिति थियो l
आमंत्रिताहरुमा व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल केसी, पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष के. बि. सम्राट लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो l उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तब्य संघका सचिव रमा हमालले गर्नुभएको थियो भने शान्ति प्रार्थना ऋषिकुमार संख सुमन पराजुलीले गर्नुभएको थियो l
कार्यक्रमको शुभकामना ऋषिकुमार तथा पदाधिकारीहरुबाट ब्यक्त गरिएको थियो भने संघको आर्थिक प्रतिवेदन कोषाध्यक्ष उमा हमालले प्रस्तुत गर्नुभएको थियो l संघको प्रगति विवरण तथा प्रतिवेदन संघका महासचिव रमेश नकर्मीले प्रस्तुत गर्नुभएको थियो l स्वामी सच्चिदानन्द विशुद्ददेवले गरेका अभियानहरुको पुरक बन्दै ऋषिकुमारहरुले अभियन्ताको भूमिकाको प्रसंशित कार्यलाई सबैले प्रसंशा गरेको थिए l सभाका सभाध्यक्ष संघका अध्यक्ष ऋषिकुमार प्रानामुर्तीले स्वामी सच्चिदानन्द विशुद्ददेवले स्थापना गरेको यो चरित्र निर्माण संघ संस्थापनदेखि नै आफु अध्यक्ष रही आएको र गुरुको अभियानलाई पूर्णता दिदै आएको बताउदै कार्यक्रमको पहिलो सत्र समुद्घाटन समापन गरिएको घोषणा गर्नुभएको थियो l
साधारण सभाको दोस्रो सत्रमा कार्यक्रमको संचालन तथा निर्वाचन अधिकृत योगचार्य महात्मा सुशीललाइ तोकी संचालन गरिएको थियो l निर्वाचन अधिकृतले कार्यसमिति चयन गर्नका लागि सभामा सबै किसिमका सदस्यहरुमा छलपल प्रस्ताब राख्नु भएको थियो l चालफल पश्चात स्वामी कल्याण मित्रको नेतृत्वमा १३ सदस्यीय पदाधिकारीहरुको निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत योगाचार्य महात्मा सुशीलले बताउनुभयो l निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष ऋषिकुमार कल्याण मित्र, उपाधक्ष हिक्मत सिंह, महासचिव रमेश नकर्मी, सचिव रमा हमाल र कोषाध्यक्ष उमा हमाल निर्वाचित भएको महासचिव रमेश नकर्मीले बताउनुभयो l यसैगरि सदस्यहरूमा श्रीजना शर्मा, मुना सिलवाल, माया वादे श्रेष्ठ, गीता शान्ति दाहाल, गीता शक्ति खड्का, किरण मल्ल ठकुरी, कल्पना मल्ल सिंह ठकुरी निर्वाचित भएका छन् l
यस्तै वरिष्ठ सल्लाहकारमा उद्दव भट्टराइ र सल्लाहकारहरुमा डा. इन्दुल केसीलगायत मनोनित भएका छन् भने प्रमुख संरक्षकमा निवर्तमान अध्यक्ष ऋषिकुमार प्राणमुर्ति, योगाचार्य महात्मा सुशील, ऋषिकुमार पंचशीललगायतका स्वामी सच्चिद्दनन्द विशुद्ददेवका शिस्यहरु मनोनित भएको निर्वाचित महासचिव रमेश नकर्मीले जानकारी दिनुभयो l निर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना आदानप्रदान समेत भएको थियो l निर्वाचित विजय पदाधिकारीहरुलाई हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना l