महामन्त्रीको मतगणना केहीबेरमै सुरु हुने, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा कसले बाजी मार्ला ?

Share to:

रासंसा/ललितपुर पौष १,

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि महामन्त्रीका दुई सिटका प्रकाशशरण महत, प्रदीप पौडेल, गगन थापा, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा र राजाराम कार्की उम्मेदवार छन् । महत र पाैडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधि समूहबाट उम्मेदवार छन् । महामन्त्रीका दुई सिटका लागि मतदानको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार बिहानदेखि मतगणना हुनेछ । यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *