क्यानले क्रिकेट टीमका कप्तान र उपकप्तानलाई हटायो

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २९,

मुलुकमा नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । क्यानको बुधबार बसेको बैठकले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा सो निर्णय गरेको हो। मल्लको स्थानमा सन्दीप लामिछानेलाई नयाँ कप्तान चयन गरिएको छ । संघले मल्ल र सि‌ंहसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई​ २०२२ को सेन्टर्ल कन्ट्रयाक्टमा सहभागी नगराउने पनि निर्णय गरेको छ । संघले गठन गरेको छानबिन समितिले उनीहरुले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।​ क्यानले गर्ने खेलाडीहरूको ग्रेडको विषयमा चार जनाले मिडियामा बोल्दै असन्तुष्टी जनाएका थिए । सोही विषयमा क्यानले उनीहरुलाई स्पष्टीकरण नै सोधेको थियो ।

Like