कोरोना संक्रमित पछिल्लो २४ घण्टामा २८० संख्या थपिए, ६ को मृत्यु

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २९,

मुलुकमा पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *