कमजोर व्यक्ति ओमिक्रोन भेरिएन्टबाट बढी प्रभावित
रासंसा/काठमाण्डौ, मार्ग २९,
तीन साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट दिनहुँ उच्च रुपमा फैलदै गएको छ । ७७ देशमा प्रभाव देखिएको यो भेटियन्ट नेपाल सहित छिमेकी देश भारत, चीनमा समेत फैलिएको छ । डेल्टा भेरियन्टले आक्रान्त विश्वलाई भेरियन्टले चुनौति थपेको छ । तर यसअघि देखिएका भेरियन्ट भन्दा कमजोर रहेको भन्दै लापर्वाही समेत हुन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सचेत गराएको छ । ओमिक्रोनलाई लिएर लापरवाही बढ्नु चिन्ताको विषय भएको भन्दै एब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ७७ देश वाहेक अन्य देशमा समेत भेरियन्ट फैलिएको हुन सक्ने बताउनुभयो । यसको फैलावट यसअघि देखिएका भेरियन्ट भन्दा निकै तीव्र रुपमा फैलिएकोले यसप्रति लापर्वाही बढ्नु चिन्ताको विषय हो । कोरोना भाइरसको म्युटेन भएर आएको ओमिक्रोन भेरियन्ट निकै तीव्र फैलिन थालेको छ । तीन साताअघि देखिएको भेरियन्ट हाल ७७ देशमा फैलिएको छ । तर भेरियन्टलाई निकै हलुका रुपमा लिइएको भन्दै विश्व स्वास्थ्य संगठनले भने चिन्ता व्यक्त गरेको छ । ओमिक्रोन भेरियन्टबारे अध्ययन गर्न र स्वास्थ्य प्रणालीलाई तयारी अवस्थामा राख्न समेत डब्लुएचओले आग्रह गरेको छ । अन्य भेरियन्टभन्दा फरक रुपमा फैलिएको भन्दै तयारी अवस्थामा नहुदा अस्तव्यस्त बनाउन सक्ने जनाएको छ । यसले असर कम भएपनि कमजोर व्यक्ति बढी प्रभावित हुने गरेको बताइएको छ । नेपालमा समेत ओमिक्रोन भेरियन्ट देखिसकेका कारण थप सचेत हुन आवश्यक छ । यसबाहेक ओमिक्रोन भेरियन्टको फैलावटले जोखिम बढाउदै लगेको स्थिति मध्यनजर ग।री सरकारी तयारी आवश्यक छ । ओमिक्रोनका कारण वेलायतमा १ जनाको मृत्यु भइसकेको छ भने वेलायतमा यसको फैलावट निकै बढ्दो क्रममा रहेको देखिएको छ । यस्तै डब्लुएचओले ओमिक्रोन देखिए सँगै वुस्टर डोज दिन थालिएको प्रति पनि असन्तुष्टि देखाएको छ । उसले खोपको वितरण समान रुपमा हुनु पर्नेमा जोड् दिएको छ । बुस्टर डोजको नाममा धेरै देशले खोप राख्न थालेका छन् तर पहिला खोप नपाएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्नु पर्ने उसको धारणा छ ।