४२७६ मत गन्दा देउवाको मत दुई हजार कट्यो

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २८,

सत्अताधारी दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वाचन सम्पन्न पश्चात मतगणनामा अहिलेसम्म ४२७६ मत गनिसक्दा देउवाले २०४६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १६१५ र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३८ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ । अहिलेसम्म ३९७७ मत गनिसक्दा देउवाले १९०० मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४६७ र प्रकाशमान सिंहले २९६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २३० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ ।अहिलेसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ । काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायम रहेको हो । अहिलेसम्म ३२८२ मत गनिसक्दा देउवाले १५५६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ र प्रकाशमान सिंहले २५७ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १७ मत मात्र प्राप्त भएको छ । सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । निर्वाचनमा सभापति पदको प्रतिस्पर्धामा देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

Like