निधि र सिंहबीच टेलिफोन संवाद, अब कसलाई सघाउने ?

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २८,

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन बनेसँगै सभापति पदका दाबेदार विमलेन्द्र निधि र प्रकाशमान सिंह चुनावी रेसबाट बाहिरिएका छन् । अब हुने दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुने भएको छ ।
नतिजा बाहिरिएसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ । दुई नेताबीच आ–आफ्नो टिमसँग छलफल गरेर कसलाई सघाउने भन्ने विषयमा निर्णय लिने कुराकानी भएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *