देउवाले ल्याए ४८.२३ प्रतिशत मत, निर्वाचन पुन हुने सम्भावना

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २८,

सत्नेताधारी दल नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३ प्रतिशत मत ल्याएका छन् । यस्तै शेखर कोइरालाले ३६.९३, प्रकाशमान सिंहले ७.९३, विमलेन्द्र निधिले ५.३० र कल्याण गुरुङले ०.०४ प्रतिशत मत हासिल गरेका छन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *