महाधिवेशन प्रतिनिधिलाई चियापान रामचन्द्र पौडेलद्वारा आयोजना

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २७,

मुलुकका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् । पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् । इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् । इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन् । उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *