औसत सीडी रेसियो ९१% नाघ्यो, बैंकहरूले निक्षेप घटिरहँदा पनि बढाइरहे कर्जा,

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २७,

मुलुकमा चरम तरलता संकटसँगै संकलित निक्षेप समेत घटिरहँदा पनि बैंकहरूले कर्जा प्रवाह भने बढाइरहेका छन् । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार मंसिरको पछिल्लो साता पनि बैंकहरुको निक्षेप ५ अर्बले घटेको छ । तर यहीं अवधिमा भने कर्जा प्रवाह ८ अर्बले बढेको छ । अर्कोतिर औसत सीडी रेसियो नै हाल ९१.२६ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तो बेला समेत बैंकहरुले कर्जा प्रवाह गरिरहेका छन् । कात्तिकयता निक्षेप १२ अर्ब रुपैयाँ घटिसकेको छ, तर सोही अवधिमा कर्जा प्रवाह भने ४३ अर्ब बढेको छ । एसोसिएसनका अनुसार मंसिर १७ गतेसम्म २७ वाणिज्य बैंकमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २४ गतेसम्म ४२ खर्ब २१ अर्बमा झरेको छ । तर यहीं अवधिमा कर्जा प्रवाह भने ४० खर्ब ६९ अर्बबाट बढेर ४० खर्ब ७७ अर्ब पुगेको छ । एकातिर आगामी असार मसान्तभित्र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमुनि झार्नुपर्ने नियामक राष्ट्र बैंकको नीति छ । राष्ट्र बैंकले सीडी रेसियो अहिले जतिसुकै भए पनि आँखा चिम्लिने, बैंकहरू भने पुँजीगत खर्च बढेपछि निक्षेप आउने आशमा हुँदा ऋण विस्तार गर्न राेकिएका छैनन् । यसले वित्तीय क्षेत्रमा झनै ठूलो चुनाैति थपिदिएको छ ।

Like