खुम्चियो सेयर बजार २ हजार ४ सय ५० अंकमा

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २५,

मुलुकमा यो साता नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से २ हजार ४ सय ५० अंकमा खुम्चिएको छ । साताको सुरुवातमै परिसूचक ७२ अंकले घटेको थियो । साताको पहिलो कारोबारको सुरुमै सेयर उल्लेख्य गिरावट आएको थियो । पहिलो दिन कारोबारमा गिरावट आउँदा सोमबार भने ३२ अंकको वृद्धि देखिएको थियो । साताको दोस्रो कारोबारको दिन सोमबार तीव्र उतारचढाव हुँदा अन्त्यमा ३२ अंकले बढ्दा लगानीक्र्ता केही उत्साहित भएका थिए । साताको अन्तिम दिनको कारोबारमा बिहीबार पनि गिरावट नै देखिएको छ । साताको कारोबार बन्द हुँदा बजार परिसूचक ५.८४ अंकले घटेर २ हजार ४ सय ४९.९७ अंकमा ओर्लिएको छ । नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४३ अंक बढेको छ । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा पुनः गिरावट देखियो । मंगलबार नेप्से परिसूचक बिन्दु २ हजार ५ सय ८ मा ओर्लिंदा बजार ३७ अंकले घटेको थियो । यस्तै, बुधबार नेप्से परिसूचक ५३ अंकले घटेको थियो । बुधबार बजार बन्द हुँदा बजार परिसूचक घटेर २ हजार ४ सय ५५ अंकमा ओर्लिएको थियो । बिहीबारको कारोबारमा २ सय ३१ कम्पनीका सेयर ४१ हजारपटक कारोबार भएको छ । बिहीबार सेयर बजारमा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार हुँदा ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर खरिदबिक्री भएका थिए ।

Like