कोभिड १९ कोरोना भाइरस सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि
एजेन्सी,
संयुक्त राज्य अमेरिकाको तथ्याङ्क अनुसार अब प्रति दिन लगभग एक लाख तीन हजार नयाँ केसहरू देखिएका छन्। जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एक हप्तामा कोभिड १९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ। अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड १९ सङ्क्रमणबाट दैनिक मृत्यु हुनेको औसतमा ५७ प्रतिशतले वृद्धि भएको हो। यसै बीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको बताइएको छ।
Like