राप्रपा एकता महाधिवेशनमा कुन कुन पदमा पदाधिकारी को–को भए विजयी

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १९,

राप्रपा एकता महाधिवेशनबाट कुन कुन पदमा पदाधिकारी विजय भए सो परिणाम प्रकाशनमा आएको छ l राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।
यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् ।
राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।

Like