गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिको अध्यक्षमा बराल
………………………………….अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / तनहुँ ………………………………….मंसिर /१८/ गते शनिबार श्रीकृष्ण प्रणाामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी संयुक्त प्रदेश समिति को प्रथम अधिवेशन सम्पन्न भएको छ।
गण्डकी प्रदेशको प्रदेश द्वार आँबुखैरेनीगाँउपालिका -३ स्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रमको सभाकक्षमा शनिबार गण्डकी प्रदेशका ११ जिल्ला अध्यक्ष एब्म् लुम्बिनी प्रदेशका सबै जिल्लाका अध्यक्षहरुको समउपस्थितिमा उक्त कार्यक्रमको संचालन गरिएको हो ।
गण्डकी लुम्बिनी सयुक्त प्रदेश अधिवेशन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष नमराज ढकालले पानसमा दिप प्रज्वलित गरि कार्यक्रमको उद्घाटन गर्दै शुभकामना मन्तब्यका क्रममा बोल्दै प्रमुख अतिथि ढकालले कृण्णप्रणामी धर्म विसुद्द ऐतिहासिक ,पौराणिक मूल्य ,मान्यता बोकेको ,आदर्श र निष्ठावान ब्याक्तित्वहरुद्वारा मुलुकैभरि गठित सबैभन्दा पुरानो सुसंगठीत हिन्दु धर्म भएको बताए ।
कुनै पनि सघसगठनलाई चलायमान र दिगो बनाउन युवाहरुको महत्त्वपूर्ण भुमिका अनिवार्य रहेको बताउदै देशैभरिमा कृण्णप्रणामी यवा परिषद्ले आफ्नो धर्मलाई अझ गतिशील चुस्त दुरुस्त ,थप क्रियाशील बनाउन प्रणामी युवाहरुलाई आफ्नो धर्म सम्रदाय र हिन्दु धर्मको संरक्षण ,समबर्धन र रक्षा गराउने उदेश्यले ७७ वटै जिल्लाहरुमा प्रारम्भिक समिति ,जिल्ला समिति ,प्रदेश समिति र केन्द्रीय समितिको गठन तथा अधिवेशन गरिसकेको प्रमुख अतिथि ढकालले जानकारी दिए।
गण्डकी लुम्बिनी प्रदेश अध्यक्ष पदमा युवराज वराल निर्वाचित भएका छन्।
समितिको उपाध्यक्ष पदमा अन्जनराज न्यौपाने सर्वसहमत निर्वाचित भए । यसैगरी उपाध्यक्ष पदमा विशवराज भट्टराई ,यस्तै समितिको सचिव रुद्रप्रसाद वगाले,सहसचिवमा दिपक केसी कोषाध्यक्ष महेश बानियाँ,सहकोषाध्यक्षमा विमला तिमल्सिना निर्वाचित भईन्।
यसैगरी प्रदेश सदस्यहरुमा क्रमश शयामप्रसाद अधिकारी ,राधाकृष्ण लामिछाने ,हेमबहादुर केसी सर्वसहमत निर्वाचित भएका छन्। यसैगरी प्रत्येक जिल्ला क्षेत्र भेगबाट प्रतिनिधित्व हुनेगरि समितिको थप सदस्यमा प्रदेश समिति ले मनोनीत गर्ने ब्यवस्था रहेको गण्डकी लुम्बिनी संयुक्त प्रदेशका नि वर्तमान अध्यक्ष अमृत केसीले जानकारी दिए।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद्का
केन्द्रीय उपाध्यक्ष कौशल फुयाल केन्द्रीय उपाध्यक्ष यदुवगाले केन्द्रीय महासचिव सुजन सुवेदी ,केन्द्रीय उपमहासचिव कृण्णमुरारी फुयाल ,केन्द्रीय कोषाध्यक्ष कमल केसी ,केन्द्रीय सदस्य भिम वगाले ,केन्द्रीय सदस्य धर्म खनाल,श्रीकृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रम आँबुखैरेनी समितिका तनहुँ अध्यक्ष ढलक अधिकारी ,
कृण्ण प्रणामी धर्म प्रचारक धार्मिक अभियान्ता राधा माता जि , कृण्ण प्रणामी युवा परिषद् तनहुँ जिल्ला अध्यक्ष प्रदिप चौलागाईं लगाएतका वक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।
वि,स २०७८ साल केन्द्रीय महाधिवेशन समापन सगै विधान संसोधन मंसिर १३ गते भए पछि ५ प्रदेशमा संस्थालाई विभाजन गरिएको छ।
श्रीकृण्ण प्रणामी धर्म सेवा समिति वि,स२०२३ सालमा स्थापना गरि बाईज्युराज महिला समिति
यवा परिषद् नेपाल र कृण्ण प्रणामी धर्म सेवा समिति मुल समिति गरि नेपालैभरि ७७ जिल्लाहरुमा ३ तहमा कार्य समिति विस्तार गरिएको छ।
rss online news media .9843173437 editor anjan raj Neupane