कमल थापा पक्षको बलियो उपस्थिति, राप्रपामा नेतृत्व परिवर्तन लिङ्देन परे पदाधिकारीकाे कमजाेरी

Share to:

रासंसा, काठमाडाैं, मार्ग १९,

मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापाजस्तो हस्तीलाई हराउँदै राजेन्द्र लिङ्देन विजयी बनेका छन् । तर, पदाधिकारीमै अध्यक्ष लिङ्देन अल्पमतमा परेका छन् । केन्द्रीय समितिमा पनि कमल थापा पक्षको बलियो उपस्थिति देखिएको छ । राजेन्द्र लिङ्देनलाई अध्यक्षमा हराउन राप्रपाका हस्तीहरू कमल थापा, पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । तर, लिङ्देनले सबैको घेरा तोड्दै जित हात पारे ।

Like