जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुखमा रेग्मी र प्र,ना,उ मा खड्का

Share to:

अन्जनराज न्यौपाने / मंसिर / १६ गते बिहीबार ………………………………… जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रमुखमा राजेन्द्र बाबू रेग्मी सरुवा भै आएका छन्। धनगढीबाट तनहुँ सरुवा भै आएका प्रहरी प्रमुख रेग्मीले आफुले वोलेर भन्दा काम गरेर देखाउने वताए ।

जिल्लामा हुनेगरेका लागू औंषध ओसारपसार ,चोरीपैठारी ,ठगी ,बलात्कार , लुटपाट , काठतस्करी ,चेलिबेटी बेचविखन,प्राकृति पदार्थ तथा नदीजन्य बस्तुहरुको उत्खनन ,हत्या ,हिंसा लगाएतका घटनाहरुलाई नियन्त्रणगराउन आफू बोलेर भन्दा कामगरेर देखाउन रुचाउने बताए । यसैगरि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्का
धादिङबाट सरुवा भै तनहुँ आएका हुन्। पत्रकार परिचयात्मक कार्यक्रमका क्रममा बोल्दै प्रहरी नायब उपरीक्षक खड्काले पत्रकार र सुरक्षा निकाय समाजको अभिन्न अंग भएको बताउदै दुबै पक्षको आपसी सहकार्य,एकता ,सद्भाव ,समन्वय र सहयोगमा अपराध अनुसन्धान र सामाजिक न्यायकालागि अधि बडाउन मद्दतपुर्याउने बताए ।

जिल्ला कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले सहजिकरण गरेका थिए।

Like