नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

Share to:

रासंसा/चितवन, मार्ग १४,

एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको थियाे । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो । महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैछ । बैठक सौराहास्थित बन्दसत्रस्थल होटल सेभेनस्टार परिसरकै हलमा बस्न लागेको हो। बैठकमा बधाई ज्ञापनलगायतका एजेण्डा तय भएको बताइएको छ । आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओली विजयी भएका छन् भने उनको नेतृत्वमा ३०१ जनाको केन्द्रीय कमिटी पनि निर्वाचित भएको छ । आजै एमालेको बन्दसत्र सकिइसकेको छ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *