एउटाकाे भागमा ५६ हजार ७ सय ३१ रुपैयाँ, सरकारी ऋण बढेकाे बढ्यै
रासंसा/काठमाण्डौ, मार्ग १४,
मुलुकमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम चौमासिकको अन्त्य सम्ममा आन्तरिक ऋण ७ खर्ब ७३ अर्ब र बाह्य ऋण ९ खर्ब ३८ अर्ब ५३ करोड गरी कुल सार्वजनिक ऋण १७ खर्ब १२ अर्ब पुगेको हो ।कात्र्तिक मसान्तसम्ममा सरकारको ऋण १७ खर्ब १२ अर्ब पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार मंसिर १४ गतेसम्म कुल जनसंख्या ३ करोड ५४ लाख २५ हजार पुगेको छ । यस अनुसार हेर्दा पनि एक व्यक्तिको टाउकोमा ५६ हजार ७ सय ३१ रुपैयाँ सार्वजनिक ऋणको भार पुगेको देखिन्छ । सरकारले गत वर्ष साँवा र ब्याज मात्रै ९५ अर्ब १ करोड २२ लाख बुझाएको छ । यसमध्ये ६३ प्रतिशत अर्थात् ६० अर्ब १६ करोड साँवा भुक्तानी भएको छ भने ३६ प्रतिशत अर्थात ३४ अर्ब ६३ करोड रकम ब्याज स्वरुप भुक्तानी भएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा २ खर्ब ६६ अर्ब ८८ करोड अर्थात कुल गार्हस्थ्य उत्पादनको २८.५२ प्रतिशत रहेको थियो । यस वर्ष कात्तिक महिनासम्म २ अर्ब २७ करोड वैदेशिक ऋण भित्रिएको छ भने सरकारले १० अर्ब ४७ करोड सावाँ ब्याज भुक्तानी गरेको छ । यस अवधिमा आन्तरिक ऋणका लागि मात्रै ३९ अर्ब ३७ करोड भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रवक्ता हिरा न्यौपानेले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक ऋण ४ खर्ब हाराहारीले वृद्धि भई १४ खर्ब ३३ अर्ब बढी पुगेको थियो । यस वर्ष मात्रै ६१ अर्ब ३७ करोड रकम भित्रिएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा यो रकम बढ्दै १७ खर्ब ३७ अर्ब ८ करोड पुगेको कार्यालयको तथ्याङ्क छ । जुन रकम कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत बराबर हुन आउँछ । २०७२ सालको भूकम्पपछि वैदेशिक ऋणको आकार उच्च दरले बढ्दै गएको देखिन्छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७२/७३ मा सार्वजनिक ऋण ५ खर्ब ४४ अर्ब रहेकामा क्रमिक रूपमा यो संख्या बढ्दै गई ३ वर्षकै अवधिमा अर्थात् आर्थिक वर्ष २०७५/०७६ मा १० खर्ब ४८ अर्ब बढी ऋण बढेको छ ।