२ लाख अमेरिकी डलरसहित नेपाली पक्राउ

Share to:

रासंसा/कास्की, मार्ग ११,

काठमाडौंबाट पोखरा आइरहेका ती व्यक्तिलाई पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३३, मजुवाबाट प्रहरीले शुक्रबार दिउँसो पक्राउ छ ज । कास्की प्रहरीले स्रोत नखुलेको १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ स्थायी घर भई हाल पोखरा बस्ने छिरिङ डुन्डु गुरुङ रहेका छन् । प्रहरीले पक्राउ परेका गुरुङमाथि आवश्यक सोधपुछ गरिरहेको डिएसपी महेन्द्र मर्सानीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई लाख अमेरिकी डलर बरामद गरिएको छ, बाँकी अनुसन्धानपछि थाहा होला ।’

Like