बारको आन्दोलनको स्वरुप परिवर्तन, प्रधानन्यायाधीश विरुद्ध आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध आज देशभरका अदालतमा वहस नगर्न आह्वान
रासंसा/काठमाण्डौ, मार्ग ५,
मुलुकमा न्यायालय पनि अछुतो रहेन कि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आजदेखि फरक तरिकाको आन्दोलन गर्ने भएको छ । भोलि देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने र संघीय संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम ल्याइएको छ । भोलि देशभरका अदालतमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना दिने र संघीय संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम ल्याइएको छ । आगामी शुक्रबारसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको बारले आन्दोलनमा प्रहरी हस्तक्षेपको विरोधलाई प्राथमिकता दिएको छ। आन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध आज देशभरका बार इकाइलाई बन्दी प्रत्यक्षीकरणका मुद्धा बाहेक अन्य मुद्धामा बहस नगर्न भनिएको हो । बुधबार उच्च अदालत र उच्च अदालतका इजलासमा विरोधसभा गर्ने तथा बिहीबार र शुक्रबार सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम छ । यसरि नै बारले मंसिर २४, २५ र २६ गतेका लागि तोकिएको राष्ट्रिय सम्मेलन पनि स्थगित गरेको छ । त्यस्तै, मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने निर्णय पनि बारले गरेको छ ।