नेपाल कै चर्चित नमुना विधालयको अध्यक्षमा – करुण काफ्ले निर्वाचित

Share to:

अन्जनराज न्यौपाने / गण्डकी प्रदेश/ शिक्षा मुख्य समाचार R.s online national daily …………………………………………………………………….. देशकै नमुना विद्यालयको रुपमा स्थापित तनहुँको दमौलीमा रहेको सत्यवती माध्यमिक विद्यालयको अध्यक्षमा करुण काफ्ले निर्वाचित भएका छन। कुल१ हजार७५ भोट खसेकोमा विजयी काफ्लेले ५ सय ८० मत प्राप्त गरेका हुन । यसैगरी अर्का प्रत्यासी उमेदवार सुरेश वाग्लेले २ सय९० मत प्राप्त गरे भने यस्तै अर्का अध्यक्षका प्रत्यासी उमेदवार
सुर्यचन्द्र लम्सालले १ सय२६ भोट ल्याउन सके ।यस्तै अर्का उमेदवार माधव अधिकारीले भने जम्मा ५९ भोट पाउन सफल भएका थिए। १०७५ भोट खसेकोमा २० वटा मत बदर भएको ब्यास -२का वडाअध्यक्ष काशीराम श्रेष्ठले जानकारी दिए। विधालयको चुनाव शान्तिपुर्ण तथा मर्यादित रुपले सहज वातावरणमा सु-सम्पन्न गराउन सफल हुनु भएका शिक्षक,पत्रकार , अभिभावकहरुलाई नव निर्वाचित अध्यक्ष काफ्लेले धन्यवाद दिदै आगामी दिनहरुमा विधालयलाई देशकै नमुना विधालय वनाउन आफू अहोरात्र तन,मन,बचनले लागि पर्ने प्रतिवद्दता ब्याक्त गरे।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *