पोखरा रंगशाला मनाङ मर्स्याङ्दीको घरेलु मैदानमा ‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने एन्फाको तयारी

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २४,

मुलुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग चार मैदानमा खेलाउने तयारी गरेको छ । जस अन्तर्गत मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रूपमा पोखरा रंगशाला गरेको छ । यदि लिगका खेल पोखरा रंगशालामा आयोजना हुन सके सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल पहिलो पटक उपत्यकाबाहिर पनि हुनेछ । यद्यपि सुरुवाती दुई चरणको खेल तालिका मात्र सार्वजनिक भएको छ । जसमा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा टेक्निकल सेन्टरमा खेल हुँदै छन् । अन्य चरणका खेलका लागि भने एन्फाले च्यासल मैदान र मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रुपमा प्रस्ताव गरेको पोखरा रंगशाला हुँदैछ । कात्तिक २९ गतेदेखि नेपाली फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना हुँदैछ । अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग यसपटक भने चार रंगशालामा हुँदैछ । यद्यपि अन्तिम तालिका सार्वजनिक नभएसम्म मनाङको प्रस्ताव अपूरो हुनेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । १३ चरणका खेल हुने लिगमा कुल ९१ खेल हुनेछन् । कोरोना महामारीले निर्धारित मिति भन्दो केही महिना पछि धकेलिएको लिगमा पोखरा रंगशालाका अलावा च्यासल मैदान पनि आयोजना गर्ने योजना एन्फासँग छ । कात्तिक २९ गतेबाट हुने लिगको उद्घाटन खेल यसै सिजन बढुवा भएको सातादोबाटो युथ क्लबले फ्रेन्ड्सँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दै छ । सोही अनुसार मनाङले पोखरा रंगशालामा तयारी पनि गर्दै आएको छ । पोखरा रंगशाला प्रयोग गर्नका लागि एन्फासँग छलफल भइरहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबका अध्यक्ष विजयी घले बताए । पोखरा रंगशालालाई मनाङ मर्स्याङ्दीले घरेलु मैदानको रूपमा प्रयोग गर्न यस अघि नै स्वीकृति पाइसकेको छ । त्यसैले मनाङले काठमाडौंदेखि क्लबहरूलाई पोखरासम्म लैजाने र खेलाएर काठमाडौं पठाउने प्रबन्धका लागि एन्फासँग छलफल भइरहेको बताएको छ ।

Like