पहिलो मस्यौदा प्रकाशित कोप-२६

Share to:

एजेन्सी,
विश्वमा स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्बन्धी सम्मेलनमा १.५ डिग्री सेल्सियस भन्दा माथिको तापक्रम वृद्धिबाट बच्न देशहरूले कसरी उत्सर्जन घटाउने भन्नेबारे सम्झौताको पहिलो मस्यौदा प्रकाशित भएको छ । उक्त सहमतिले धनी देशहरुलाई गरिब देशहरुका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ । सात पृष्ठ लामो सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभावहरुसँग जुझ्नका लागि सहयोग गर्ने हेतुका साथ अनुकूलन र आर्थिक पाटोमा केन्द्रित छ । बीबीसीका अनुसार दस्ताबेजमा तापमान वृद्धिलाई सीमित पार्न र देशहरुलाई उत्सर्जन कटौती गर्ने विषयमा थप महत्वाकाँक्षी बनाउनका लागि महत्वपूर्ण कदमहरू समावेश गरिएका छन् । गरिब राष्ट्रहरुले धनी राष्ट्रहरुले पर्याप्त योगदान नगरेको भन्ने गरेका कारण यो एक विवादित विषय हो ।
यसको सबैभन्दा महत्वपूर्ण पाटो पाटो भनेको राष्ट्रहरूलाई कार्बन उत्सर्जन कम गर्ने योजना सुधार गराउनु हो । चीन, भारत, ब्रजिल र साउदी अरेबिया जस्ता देशहरूले अर्को वर्षको अन्त्यसम्ममा नयाँ योजनाहरु अघि सार्ने यो अनुरोधमा कस्तो प्रतिक्रिया जनाउने छन् भनेर हेर्न रोचक हुनेछ । यो दस्ताबेज सात पृष्ठ मात्रै लामो भए पनि यसले कोप–२६ लाई यो शताब्दीमा १.५ डिग्री सेल्सियस भन्दामाथि जाँदै गरेको विश्वव्यापी तापमान रोक्नका लागि महत्वपूर्ण कदमहरूको श्रृङखलातर्फ डो¥याउने प्रयास गर्दछ । आफ्नो वित्तीय आवश्यकता पहिचान भएकाले विकाश उन्मुख राष्ट्रहरूका लागि केही सहज हुनेछ ।

Like