काठमाडौंको तापक्रम माइनसमा पुग्ने अनुमान, चिसो बढ्दै गएको अनुभूति

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २२,
मुलुकमा मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताउनुभएको हो । उहाँले उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलका अनुसार पछिल्लो १० दिनमा काठमाडौंको तापक्रम १७ बाट ८ डिग्री सेल्सियससम्म झरेको बताउनुभयो । उहाँले कात्तिकमै जुम्लाको तापक्रम शुन्य डिग्रीभन्दा तल झरेको जानकारी दिनुभयो । आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर शुन्य भन्दा तल पुग्ने महाशाखाको अनुमान रहेको उहाँको भनाइ छ । वरिष्ठ मौसमविद् पौडेलले प्रदुषणबाट बच्न स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेदेखि नै तयारीमा लागेर जनधनको क्षति हुन नदिने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले जाडोलाई मध्यनजर गर्दै त्यसबाट बच्नका लागि सरकारले तयारी थाल्नु पर्ने बताउनुभयो । वरिष्ठ मौसमविद् पौडेलले भारत र चीनमा पनि प्रदुषण बढिरहेकोले नेपालमा पनि जाडो याममा मुख्य शहरहरुमा प्रदुषण बढ्न सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खडेरी भएमा प्रदूषण वायु मण्डल नजिकै बस्ने र हावा नचल्ने भएकोले काठमाडौंलगायत वीरगञ्ज, धनगढी, नेपालगञ्ज, र जनकपुर जस्ता शहरहरुमा आगामी दिनमा प्रदुषण बढ्ने बताउनुभयो । पौडेलले जाडो याममा बढी नै प्रदुषण हुने भन्दै घरबाट ननिस्किन, मर्निङ वाकमा नजान र बालबालिका, वृद्धवृद्धालाई चिसोबाट बचाउने उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।

Like