राजनीतिमा फेरि तातियो एमसीसी
रासंसा/काठमाण्डौ, कार्तिक १९,
मुलुकमा हिन्दु नेपालीको पर्व तिहार चलिरहेको छ भने आज गाई गोरु तिहार मनाइएको छ भने आजै नेवारी समूदायले म्हः पुजा पनि गरेका छन् । आजका दिन देशभर विभिन्न घटनाक्रम भएका छन्, जुन यसप्रकार रहेका छन् । कार्तिक शुक्ल प्रतिपदालाई नेवार समूदायले म्हः (आत्म) पूजा गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । आत्म सन्तुष्टिका लागि र नेपाल संवतको खुशीयालीको अवसरमा आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आर्शिवाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास रहि आएको छ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । यसैबीच आजै नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । एमसीसीको विषयमा पछिल्लाे समय फेरि हलचल हुन थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिपछि एमसीसीको विषयले फेरि चर्चा पाएको हो । यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् । एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषले देशभरि तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।