मेगा बैंकको भाइटीकामा दक्षिणा दिँदा क्यासब्याक

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १९,

मुलुकमा मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको हो । ‘इ–तिहार क्याम्पियन’ भाइटिकाको दिनलाई लक्षित गरेर ल्याइएको हो । ‘मेगा मार्ट क्याम्पियन’ लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लागि अफर ल्याइएको छ । यस अभियानमा मेगा बैंकका डेबिड तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । यस योजना अन्तर्गत मेगा ग्राहकले भाइटीकामा दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यासब्याक प्रदान गर्ने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । मेगा बैंकका ग्राहकहरुले घरमै बसी प्रविधिको माध्यमबाट यी दुबै अफरबाट अधिकतम लाभ लिन सक्नेछन् ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *