पाँच पृष्ठ लामो फरक मतसहित भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा,

Share to:

रासंसा/काठमाण्डौ, आश्विन ५, 

 मलुकमा  नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको छ । केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सहयोग नभएको र सहमतिको बुँदा उल्लंघन गर्ने काम भएको भन्दै रावलले संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

‘पार्टीमा भएको छलफल र कार्यदलको निर्णय लागू नहुने अवस्थामा पदमा बसिरहन उचित नभएकाले राजीनामा घोषणा गरेको हुँ,’ उहाँले भन्नुभयो, ‘भोलि राजीनामा पत्र पेश गर्छु ।

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।

उपाध्यक्ष रावलले प्रभु शाहसँगको कुराकानी मिलाउन अध्यक्षले मनलाग्दी तरिकाले दुई जना केन्द्रीय सदस्य थपेकोमा पनि असन्तुष्टि प्रकट गर्नुभएको छ ।

‘१० बुँदे सहमतिलाई कार्यान्वयन गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित भएको हो,’ उहाँले भन्नुभयो, ‘१२ बुँदे अन्तर पार्टी निर्देशन जारी गरिसकेको अवस्थामा पार्टीको निर्णय कार्यान्वयन नहुनु दुःखद् हो, मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।’

शुक्रबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने घोषणा गर्नुभएको थियो ।

र्णय

Like