सरकारी कार्यालय आजबाट खुल्दै, दसैँको तेस्रो दिन आज पनि टिका ग्रहण

Share to:

रासंसा / काठमाण्डौ, आश्विन,

नेपालीहरुको महान प्रथम चाड बडा दसैं विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा   छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कायाृलयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दसैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् । पर्व मनाउन आ-आफ्नो पुख्याैली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भइसकेको छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *