श्रीमानले बनाए ३ सय ६० डिग्री घुम्ने घर, यदि श्रीमतीले गुनासो नगरेको भए भन्दैनथ्यो
अहिले सात मिटर क्षेत्रफलमा यो घर चारैतर्फ घुम्छ । यसमा बसेर मकैबारीदेखि जंगलसम्मले आफ्नो रूप बदलेको पल नियाल्न सकिन्छ । कुसिक भन्छन्,‘सबैभन्दा ढिला हुँदा यो घरले २४ घण्टामा एकपटक फन्को मार्छ । तर, गति तेज राखिएका बेला यसले २२ सेकेन्डमै फन्को मार्छ ।’
नयाँ घरलाई लिएर कुसिककी पत्नीले कुनै टिप्पणी भने गर्न चाहेकी छैनन् । निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफूले यो घर बनाएको कुसिकले बताएका छन् । ‘गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन पाइनँ । त्यसैले आफैँ केही गर्दै सिक्नुको विकल्प थिएन,’ उनले भने ।
Like