त्यसैत हाम्राे मुलुक बहुजातीय, बहुभाषिय, बहुपराम्परीय, बहुसंस्कारीय मुलुक भनेकाे हाेइन, बहुजातीय दसैँ परम्परा र टीकाको रंग फरक, उमंग थप उस्तै

Share to:

रासंसा, अाश्विन २८, 

मुलुकमा दसैँ राष्ट्रिय पर्व पनि हो । विभिन्न जात–जाति, समुदायको साझा फूलबारीका रुपमा रहेको यो देशका अधिकांश नागरिक दसैँ त मनाउँछन्, तर सबैको आ–आफ्नै शैली छ, महत्त्व छ ।  २०६८ को जनगणना अनुसार नेपालमा क्षेत्री १६.६ प्रतिशत छन् । पहाडी बाहुन १२.२ प्रतिशत छन् । दुबैको जनसंख्या २८.८ प्रतिशत पुग्छ । क्षेत्री, बाहुनमध्ये अधिकांशले दसैँ मान्छन् ।दसैँ खुसी र उमङ्गको चाड हो । दसैँलाई पारिवारिक जमघट तथा हर्षोल्लासको पर्यायवाची भन्दा फरक नपर्ला । मान्यजनहरुको हातबाट टीका, प्रसाद, आशीर्वाद ग्रहण गर्न देशभन्दा बाहिर रहेकाहरु पनि दसैँका लागि स्वदेश फर्कन्छन्, शहरमा भएकाहरु गाउँ फर्कन्छन् । त्यसैले त दसैँको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व निकै उत्कृष्ट छ ।

 

त्यसैगरी नेपालमा मगर ७.१ प्रतिशत, थारु ६.६ प्रतिशत, तामाङ ५.८ प्रतिशत, नेवार ५ प्रतिशत, राई २.३ प्रतिशत, गुरुङ २ प्रतिशत र लिम्बु १.५ प्रतिशत छन् । पहाडी जनजातिका रुपमा रहेका उनीहरु पनि अधिकांशले आफ्नै परम्परामा आधारित रहेर दसैँ मान्ने गर्छन् । तथापि उनीहरु आफ्ना जातीय सांस्कृतिक चाडपर्वहरुलाई बढी महत्त्व दिने गर्दछन् । तराई मधेसमा ४ प्रतिशत यादव जातिको बसोबास छ भने नेपालमा मुस्लिमहरुको जनसंख्या ४.४ प्रतिशत छ । यादवहरु हिन्दु धर्मावलम्बी भएकाले उनीहरुले पनि दसैँलाई कुनै न कुनै रुपमा मनाउने गर्दछन् । मुस्लिम समुदायमा भने दसैँलाई अपवादबाहेक मनाउने गरिएको पाइँदैन ।

नेपालमा रहेका १०३ जातजातिमध्ये कुल जनसंख्याको २१.९३ प्रतिशत अन्य जातजाति छन्, उनीहरुले पनि दसैँका बेला हिन्दुहरुको सिको गर्दै मिठो मसिनो खाने र अन्य रमाइलो गरेर दसैँ मनाउने गरेको पाइन्छ ।

धार्मिक आधारमा हेर्ने हो भने जनगणनामा हिन्दुहरुको संख्या ८१.३ प्रतिशत देखाइएको छ, जसले दसैँलाई विशेष धार्मिक पर्वका रुपमा मनाउने गर्दछ । त्यस्तै ९ प्रतिशत बौद्ध धर्मावलम्बी, ३.१ प्रतिशत किरात र ०.३ प्रतिशत अन्य धर्मावलम्बीले पनि सामान्यतः दसैँलाई कुनै न कुनै रुपमा मान्ने गर्दछन् । कुल जनसंख्याको १.४ प्रतिशत रहेका क्रिश्चियन धर्मावलम्बीले भने दसैँ मनाउँदैनन् । त्यस्तै ४.४ प्रतिशत इस्लाम धर्मावलम्बीले पनि दसैँ मान्दैनन् । समग्रमा ८५ प्रतिशत हाराहारी नेपालीलाई दसैँले छुने गर्दछ ।

जातपिच्छेको फरक दसैँ  खास गरी आदिवासी जनजाति, थारु र मधेसी समुदायले दसैँका बेलामा गर्ने साँस्कृतिक क्रियाकलापहरु हिन्दू आर्यहरुको भन्दा केही फरक खालको हुने गर्दछ । जस्तो कि, कतिपयले रातो टीका नलगाएर सेतो टीका लगाउने गर्दछन् । तराई मधेसमा दसैँ नभनेर दसहराका रुपमा यो चाड मनाउने गरिन्छ । त्यसैगरी पूर्व र पश्चिम नेपालमा दसैँको परम्परा पनि फरक पाइन्छ । कुनै जिल्लामा दसैँको टीका विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ भने कुनै जिल्लामा एक दिनमात्र लगाउने चलन छ । त्यस्तै टीका लगाएर दक्षिणा लिने–दिने परम्परामा पनि भिन्नता पाइन्छ ।

तराई मधेसमा दसैँ : टीका, जमरा लगाइँदैन  तराई मधेसमा जताततै दसैँका लागि दुर्गा भगवतीको आकर्षक मूर्ति बनाएर सजाइन्छ । दसैँ आउनुभन्दा एक/डेढ महिना अघि नै माटोको त्यस्ता मूर्ति बनाउने कालिगढलाई मूर्ति बनाउन भ्याइ–नभ्याइ हुने गर्दछ ।तराई मधेसमा दसैँलाई, दुर्गा पूजा, दशहरा, दशमी, भगवती पूजाको नामले पनि मनाउने गरिन्छ । नवरात्रिभर दैनिकजसो भक्तजनहरु मूर्ति राखिएको स्थानमा पूजाका लागि आउने गर्दछन् । दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्यजस्तै बनेको हुन्छ, जहाँ आसपासका गाउँ तथा टोलबाट भक्तजनहरु पूजा–आराधना गर्न र मेला भर्नसमेत आउने गर्दछन् ।

 

तराई मधेसमा दुर्गा भगवतीका लागि जसले भाकल गरेका हुन्छन्, उसले भाकलअनुसारको बलि दिएर घरमा प्रसादको रुपमा मासु पकाएका हुन्छन् । जसको घरमा खसी काटिएको हुँदैन, त्यसलाई बोलाएर खुवाउने चलन तराई मधेसमा छ ।

 

​मेलामा विभिन्न नाच आयोजना गरिएको हुन्छ । जस्तै, अलाह रुदल, कुमर भिजमान, चाटजटिन, सोरैठ लगायत हुन्छन् ।

तराई मधेसमा भाकल गरेर बलि दिने प्रचलन बढ्दै गएको हुनाले प्रायःको घरमा खसी काटिएको हुन्छ । दसैँमा मासुमात्र खान नभई दुर्गा भगवतीलाई गरिएको भाकल अनुसार खसी तथा बोका काट्ने गरिन्छ ।

तराई मधेसमा महानवमीका दिन विशेष पूजाआजा गरिन्छ । धेरैजसोले यही दिन भाकल अनुसार बलि दिने गर्दछन् । मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । यद्यपि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि सुरु भएको छ ।

थारुको दसैँ : नवमीकै दिन टीका जमरा

यता थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने प्रचलन छ । टीका रातो नभई चामलको पिठोमा मुछिएको सेतो टीका लगाउँछन् । साथै, पहेँलो जमरा मान्यजनबाट लगाएर आशीर्वाद लिन्छन् । दसैँलाई मनोरञ्जनको पर्वको रुपमा मात्रै नभई थारु समुदायले पितृ पूर्खा पूजाको अवसरको रुपमा पनि लिन्छन् । यतिबेला सबैले आ–आफ्नो घरमा पूजापाठ गरेर पितृको सम्झना गर्छन् । पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री आदि चाहिन्छ । पूजापछि परिवारका सबै सदस्य बसेर परिकार खान्छन् । बाँकी बचेका परिकार खोला वा नदीमा सेलाउँछन्, जसलाई उनीहरुले पितृ सेलाएको रुपमा व्याख्या गर्छन् ।

 लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सामुहिक रुपमा दसैँमा सख्या, पैया, नाच नाच्ने संस्कृति छ । दसैँ आउनुभन्दा ७/१० दिन अगाडिदेखि थारु समुदायले ‘सख्या’ पैया नाचले दसैँलाई भव्य स्वागत गर्छन् । यो नाच करिब एक महिनासम्म नाचिन्छ । त्यसको भोलिपल्ट अर्थात् अष्टमीको दिन चामलको पीठोबाट गोलाकार ढिक्री बनाइन्छ । थारु समुदायले अष्टमीको दिन ढिक्री बनाएर आ–आफ्नो देवतालाई चढाउने चलन छ ।सप्तमीको दिन ‘पैनस्टोपी’ अर्थात् थारुको विशेष परिकार ढिक्री बनाउने एक प्रकारको भाँडा नजिकैको खोलामा लगिन्छ । गाउँका सबै महिला मिलेर त्यसलाई धुन्छन् । त्यही दिन थारु समुदायमा रातभरि जाग्राम बसेर नाचगान गर्छन् । चलनअनुसार, कुखुरा तथा सुंगुरको बलि पनि त्यही दिन चढाइन्छ ।

थारु समुदायमा नवमीको दिनमा ‘गँवल्या’ टीका लगाइन्छ । सबैजना गाउँका अगुवा महटावाको घरमा भेला भएर गाउँका महटावासँग गाउँमै टीका लगाउने भएकोले त्यस दिनलाई गँवल्या टीका भन्ने गरिन्छ । टीका भने सेतो हुन्छ । त्यही दिन सख्या नाच्ने सबै समूहले गाउँका अगुवा महटावासँग टीका लगाउने चलन छ । गाँउका ‘देवठन्वा’ (देउता राख्ने स्थान) मा जुटेर महटावासँग कानमा जमरा लगाउने चलन छ । त्यहीँ सबैजना भेला भएर गीत गाउँदै महटावाको घरमा ‘गँवल्या’ टीका लगाउने प्रचलन छ । अरु समुदायको सांस्कृतिक प्रभावका कारण कसैकसैले टीकाकै दिन रातो टीका र जौकै जमरा लगाउने चलन पनि छ । टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया (सख्या) र बड्का नाच नाच्ने चलन छ ।

सहरी क्षेत्रको दसैँ : घर–घर गएर टीका थाप्ने प्रचलन सहरी क्षेत्र, खासगरी काठमाडौं उपत्यकामा दसैँलाई अधिकांश व्यक्तिले खानपिनको पर्वका रुपमा मनाउन थालेका छन् । यहाँका विभिन्न शक्तिपीठहरुमा नवरात्रीका दिन विशेष घुइँचो लाग्ने गर्छ । यतिबेला मानिसहरु पूजापाठमा विशेष ध्यान दिन्छन् । घटस्थापनाका दिन जमरा राखेपछि घर मूलीले नौरथासम्म नवदुर्गा भवानीको विशेष पूजा आराधना गर्ने गर्छन् । फूलपातीदेखि दसैँको रौनकता थप चुलिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतिकको रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

अष्टमीका दिन धेरैले जमरामा बोको बली दिन्छन् । नवमीका दिन खसी काट्ने प्रचलन छ । फूलपातीदेखि नवमीको दिनसम्म घरका आफन्तले मिठो मसिनो खाएर दसैँ मनाउने गर्छन् । दशमीका दिन भने घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरेर आफन्तकोमा टीका थाप्न जाने प्रचलन छ । टीका जमरासँगै दक्षिणा दिने प्रचलन पनि छ । छोरी, ज्वाईं, भाञ्जा–भाञ्जी, नाती नातिनालाई टीका लगाएर दक्षिणा दिइन्छ भने छोरा, बुहारीले टीका थापेपछि दक्षिणा दिनुपर्ने चलन छ । बालबालिकामा कसले बढी दक्षिणा पायो भनेर एक प्रकारको प्रतिस्पर्धा नै हुन्छ । पूर्णिमासम्म दसैँको टीका थाप्न सकिन्छ । सहरी क्षेत्रमा दसैँ मनाउन खसी, बोका र मदिरा अनिवार्यजस्तै भएको छ । सहरी क्षेत्रमा दसैँ– टीकाटालो, खानपिन र भेटघाटमा केन्द्रित छ ।

नेवारहरुको दसैँ : भोजैभोज, तर दुई दिन भात पाक्दैन नेवारी समुदायको दसैँ पनि घटस्थापनाको दिनदेखि नै सुरु हुन्छ । त्यसदिन खोलाबाट माटो ल्याएर घरका मूलीले जमरा राख्ने गर्छन् । फूलपातीको दिनमा फूलपाती भित्र्याइन्छ र अष्टमीको दिनदेखि दसैँ विशेष रुपमा सुरु हुन्छ । त्यसदिन टोलका नेवारी समुदाय मिलेर राँगा किन्छन्, काट्छन् र सबैजना मिलेर भाग लगाउँछन् । राँगाको टाउकोदेखि पुच्छर र रगतसम्म पनि सबैलाई बराबर भाग लगाइन्छ र त्यो मासु घरभित्र लैजाँदा सामान्य पूजा गरेर भित्र्याइन्छ । त्यो मासु पकाइन्छ र समयबजी बनाइन्छ । समयबजी (छोएला, आलु, भटमास, अण्डा, लसुन–अदुवा, चिउरा, गेडागुडीलगायतका खानेकुरा) सबै बनाएर खाइन्छ । त्यसदिन दिउँसो भोज हुन्छ । भोजमा चिउरालगायत अचार, छोएला, मासु सबैथरी बनाइएको हुन्छ । नवमीको दिन बिहान आफ्ना सबै सवारी साधन, हात हतियार, मेसिनलगायतका सर–सामानलाई पूजा गरिन्छ । नवमीकै दिन कतिले आफ्ना कूल देवताका मन्दिरमा गएर पूजा गर्ने चलन छ । पूजा सकिएपछि समयबजी खानै पर्ने प्रचलन छ । अष्टमी र नवमी दुबै दिन घरमा खाना पाक्दैन ।

 

दशमीको दिनमा भिनसेनको पूजा गरिन्छ । कुखुरा काटिन्छ । कुखुराको पखेटा, खुट्टा, टाउकोलाई ठूल्ठूलो गरी काटिन्छ, त्यसलाई ‘सीऊ’ भनिन्छ । त्यो सीऊ घरको मूलीलाई खान दिइन्छ । त्यसपछि मात्रै घरका अन्य सदस्यले खाना (भात) खान पाउँछन् । खाना खाएपछि घरको मूलीले टीका लगाइदिन्छन् । नेवारी समुदायका कतिपयले अक्षता मुछेर टीका लगाउँदैनन् भने कतिपयले अक्षताको टीका लगाउने प्रचलन बढ्दै गएको छ । नेवारी समुदायमा टीका थाप्नका लागि आमन्त्रण गर्नुपर्छ भने क्षेत्री बाहुनको समुदायमा टीका थाप्न निम्तो दिने प्रचलन छैन । केही नेवारी समुदायमा आफन्तकोमा गएर टीका लगाउने चलन छैन । यद्यपि, नख्ट्या भनेर भोज खाने प्रचलन भने छ ।नवमीकै रात ‘कुची भ्वे’ खाइन्छ । यतिबेला कूलका दाजुभाइ सँगै बसेर खाने प्रचलन छ । कूल देवता कसको घरमा राखेको छ, त्यहाँ घरको मूली गएर ‘कुची भ्वे’ खाने गरिन्छ ।

सुदुरपश्चिमको दसैँ कात्तिकसम्मै आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गासप्तसती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा र आराधना गरिन्छ । जसमा अष्टमीका दिन आ–आफ्ना कुलदेवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । बलि दिँदा चराचुरुङ्गीका साथै नरिवल, केरा, घिरौँला, कुभिन्डो (पेठा) आदि फलको पनि बलि दिइन्छ । पछिल्ला वर्षमा पशु पन्छीको बली दिने परम्परामा केही कमी आएको छ । सुदूरपश्चिमा नवमीमा पनि बलि दिइन्छ । नवरात्रीको नवौं दिन विशेष गरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेँडो, मद, मात्र्र्सयको प्रतीक कुखुरो र हाँसलाई बलि दिने प्रचलन छ । विहानीपख बोकाको बलि दिइन्छ भने साँझ राँगोको बलि दिन्छ । त्यसमा पनि (पोथा) साना र (सत्तार) ठूलो राँगाको बलि दिइने गरिन्छ । सुदूर तथा मध्यपश्चिमा दसैँ मनाउने प्रचलन अन्य ठाउँको भन्दा भिन्न छ । यो क्षेत्रमा दसैँमा टीका थाप्ने भन्दा बलि दिने कुरोको रौनक बढी हुन्छ । दसैँ भनेर अष्टमी र नवमीका दिनलाई पर्वका रुपमा लिइन्छ । विजया दशमीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ । तर सुदूरपश्चिममा कात्तिकको (पुनी) पूर्णिमासम्म दसैँ मनाउने गरिन्छ । कात्तिकमा पनि मनाइने दसैँमा समेत बलि दिनेदेखि जमरा लगाउनेसम्म गरिन्छ ।

लिम्बुले दसैँ मनाउन छोडिसके :  इतिहासमा अध्येता एवं लालीगुराँस नगरपालिका (तेह्रथुम) का मेयर अर्जुनबाबु माबुहाङका अनुसार गोर्खालीले लिम्बुवान जितिसकेपछि लिम्बुहरुसँग एउटा सम्झौता भयो, सम्झौता अनुसार केन्द्रमा शासन गोर्खालीहरुको भयो, स्थानीय शासकहरुमा सुब्बाहरुलाई राखियो, उनीहरुलाई ढाल, तरबार, बन्दुक दिई लडाईंका लागि तयार पारे । त्यसैले सुब्बाङ्गी शासन (किपट प्रथा) एउटा साझेदारी शासन थियो ।दसैँ कतिपय लिम्बुहरुले करिब–करिब मनाउन छोडिसके । जसको घरमा हिजो गोर्खालीले दिएका नगरा निशानहरु छन्, जो सुब्बा थिए, उनीहरुले निरन्तर रुपमा दसैँ मनाइरहेका छन्, जसलाई राज्यले सुबाङ्गी अमालीको अधिकार दिएको थियो, उनीहरुले अहिलेसम्म मार हान्ने, दसैँ मनाउने गरिरहेका छन् । घटस्थापनाको दिनमा जमरा राख्ने गरिन्छ । नौरथा लागेदेखि नै सुब्बाहरूले नगरा बजाउँछन् । लिम्बुहरुले फूलपाती ल्याएर बढाईं गर्ने गरेको उनलाई अहिलेसम्म थाहा छैन, नवमीको दिनमा गोर्खालीले दिएको नगरा निशान जे जति छन्, त्यो सबै बाहिर निकाल्छन् र पूजा गर्छन् । दुर्गा भवानीको स्तुति गाइन्छ । मालश्री गाउँछन् । दशमीको दिनमा टीका लगाइन्छ । सुब्बालाई त्यतिबेला मान्नुपर्ने प्रचलन थियो । माबुहाङ भन्छन्, ‘जस्तोसुकै मै हुँ भन्ने बाहुन, क्षेत्रीले दहीको ठेका इत्यादि लिएर सुब्बा मान्न आउनुपर्दथ्यो र सुब्बाले टीका लगाइदिनु पर्दथ्यो । सुब्बालाई बाहुनले मान्नु भनेको स्थानीय शासकलाई मान्नु हो नि त ।’ माबुहाङ भन्छन्, ‘बहुदल आएपछि गोरेबहादुर खपाङ्गीको कुरा आयो । उनले दसैँ नमान्ने अभियान ल्याए, त्यसपछि माओवादीको जनयुद्धले पनि दसैँ खाइदियो । जनयुद्धले संस्कार, संस्कृति त सबै मरे नि त । कम्युनिष्टले धर्म मान्दैनन्, संस्कार र संस्कृति कम्युनिष्टले मान्दैनन् भन्ने गर्दथे । पहिले दसैँ भनेपछि नयाँ लगाउने, मिठो खाने भन्ने हुन्थ्यो, आजकाल त्यस्तो रहर खासै कसैलाई हुँदैन । दिनदिनै मिठो खाइरहेकै छन्, राम्रो लगाइरहेकै छन्, त्यसैले पनि दसैँको महत्व पछिल्ला दिनमा खासै छैन ।’ लिम्बुहरुको संस्कृतिले साझेदारी नेतृत्वको शासनलाई वैधता दिएको थियो । लिम्बुहरुले दसैँ मान्नु भनेको शासनसँग पनि सम्बन्धित थियो । तर, अहिले धेरै लिम्बुहरुले दसैँ मान्दैनन् । उनका अनुसार त्यतिबेला क्षत्री, बाहुनभन्दा लिम्बुको दसैँ थोरै अलग के थियो भने, विवाह भएपछि पहिलो पटक दसैँको टीका लगाउन जाँदा ज्वाईंले सुँगुर लिएर जानुपर्दथ्यो, आन्द्रा भुँडी सबै निकालेर, खुट्टा बाँधेर, सयपत्री अथवा फूलको थुङ्गो खुट्टामा र मुखमा राखेर लानुपर्दथ्यो र ससुरालाई टीका दस्तुर बुझाइन्थ्यो । सामान्य रुपमा अझै केहीले यो परम्परा मान्दै आए पनि अहिले खासै प्रचलनमा छैन । माबुहाङ भने दसैँलाई पूर्खा र गोर्खाली शासकहरुको साझेदारी अवशेषका रुपमा लिन्छन् । उनका अनुसार सुब्बाहरुले यसलाई पुरानो इतिहासको सम्झना स्वरुप मनाउने गर्छन् । इतिहासमा अध्येता एवं लालीगुराँस नगरपालिका (तेह्रथुम) का मेयर अर्जुनबाबु माबुहाङका अनुसार गोर्खालीले लिम्बुवान जितिसकेपछि लिम्बुहरुसँग एउटा सम्झौता भयो, सम्झौता अनुसार केन्द्रमा शासन गोर्खालीहरुको भयो, स्थानीय शासकहरुमा सुब्बाहरुलाई राखियो, उनीहरुलाई ढाल, तरबार, बन्दुक दिई लडाईंका लागि तयार पारे । त्यसैले सुब्बाङ्गी शासन (किपट प्रथा) एउटा साझेदारी शासन थियो । दसैँ कतिपय लिम्बुहरुले करिब–करिब मनाउन छोडिसके ।

जसको घरमा हिजो गोर्खालीले दिएका नगरा निशानहरु छन्, जो सुब्बा थिए, उनीहरुले निरन्तर रुपमा दसैँ मनाइरहेका छन्, जसलाई राज्यले सुबाङ्गी अमालीको अधिकार दिएको थियो, उनीहरुले अहिलेसम्म मार हान्ने, दसैँ मनाउने गरिरहेका छन् । घटस्थापनाको दिनमा जमरा राख्ने गरिन्छ । नौरथा लागेदेखि नै सुब्बाहरुले नगरा बजाउँछन् । लिम्बुहरुले फूलपाती ल्याएर बढाईं गर्ने गरेको उनलाई अहिलेसम्म थाहा छैन, नवमीको दिनमा गोर्खालीले दिएको नगरा निशान जे जति छन्, त्यो सबै बाहिर निकाल्छन् र पूजा गर्छन् । दुर्गा भवानीको स्तुती गाइन्छ । मालश्री गाउँछन् । दशमीको दिनमा टीका लगाइन्छ । सुब्बालाई त्यतिबेला मान्नुपर्ने प्रचलन थियो । माबुहाङ भन्छन्, ‘जस्तोसुकै मै हुँ भन्ने बाहुन, क्षेत्रीले दहीको ठेका इत्यादि लिएर सुब्बा मान्न आउनुपर्दथ्यो र सुब्बाले टीका लगाइदिनु पर्दथ्यो । सुब्बालाई बाहुनले मान्नु भनेको स्थानीय शासकलाई मान्नु हो नि त ।’ माबुहाङ भने दसैँलाई पूर्खा र गोर्खाली शासकहरुको साझेदारी अवशेषका रुपमा लिन्छन् । उनका अनुसार सुब्बाहरुले यसलाई पुरानो इतिहासको सम्झना स्वरुप मनाउने गर्छन् ।

उनका अनुसार त्यतिबेला क्षत्री, बाहुनभन्दा लिम्बुको दसैँ थोरै अलग के थियो भने, विवाह भएपछि पहिलो पटक दसैँको टीका लगाउन जाँदा ज्वाईंले सुँगुर लिएर जानुपर्दथ्यो, आन्द्रा भुँडी सबै निकालेर, खुट्टा बाँधेर, सयपत्री अथवा फूलको थुङ्गो खुट्टामा र मुखमा राखेर लानुपर्दथ्यो र ससुरालाई टीका दस्तुर बुझाइन्थ्यो । सामान्य रुपमा अझै केहीले यो परम्परा मान्दै आए पनि अहिले खासै प्रचलनमा छैन । लिम्बुहरुको संस्कृतिले साझेदारी नेतृत्वको शासनलाई वैधता दिएको थियो । लिम्बुहरुले दसैँ मान्नु भनेको शासनसँग पनि सम्बन्धित थियो । तर, अहिले धेरै लिम्बुहरुले दसैँ मान्दैनन् । माबुहाङ भन्छन्, ‘बहुदल आएपछि गोरेबहादुर खपाङ्गीको कुरा आयो ।

 

उनले दसैँ नमान्ने अभियान ल्याए, त्यसपछि माओवादीको जनयुद्धले पनि दसैँ खाइदियो । जनयुद्धले संस्कार, संस्कृति त सबै मरे नि त । कम्युनिष्टले धर्म मान्दैनन्, संस्कार र संस्कृति कम्युनिष्टले मान्दैनन् भन्ने गर्दथे । पहिले दसैँ भनेपछि नयाँ लगाउने, मिठो खाने भन्ने हुन्थ्यो, आजकाल त्यस्तो रहर खासै कसैलाई हुँदैन । दिनदिनै मिठो खाइरहेकै छन्, राम्रो लगाइरहेकै छन्, त्यसैले पनि दसैँको महत्व पछिल्ला दिनमा खासै छैन ।’

 

Like