पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष वरिष्ठ समाजसेवी चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रममा सरिक

Share to:

रासंसा/भक्तपुर, आश्विन २३, 

पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ  उपाध्यक्ष, राष्ट्र संरक्षण डट कमका प्रथम संचालक, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार  के. बि.  सम्राट सहयोगी नीलबाराही टोल सुधार समाजको चाडपर्व विशिष शुभकामना आदानप्रदान कार्यक्रम भक्तपुरमा सरिक हुनुभयो । कार्यक्रम  समाजका अध्यक्ष एवं रास्ट्रिय आर्थिक मासिकका प्रधान सम्पादक पत्रकार पुस्करको सभापतित्वमा र नेकपा एमालेका केन्द्रिय सदस्य एवं भक्तपुर जिल्ला अधक्ष बचन देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विशेष अतिथिमा पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको आतिथ्यता थियो । कार्यक्रममा समाजका पदाधिकारीहरु, पुर्व पदाधिकारीहरुलगायत टोलका बुद्दिजिबी, पत्रकार, समाजसेवी तथा टोल बासीहरुको उपस्थिति थियो ।

प्रमुख अतिथिको आशनबाट नेकपा एमालेका केन्द्रिय सदस्य एवं भक्तपुर जिल्ला अधक्ष बचन देउजाले शुभकामना ब्यक्त गर्दै टोल सुधारका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।

विशेष अतिथिको आतिथ्यता ग्रहणपश्चात आशन बाट पशुपति अन्नपुर्णा आश्रमका केन्द्रीय अध्यक्ष, सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपालका अध्यक्ष, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ  उपाध्यक्ष, राष्ट्र संरक्षण डट कमका प्रथम संचालक, राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक वरिष्ठ पत्रकार  के. बि.  सम्राटले समाज विश्वको नमुना बन्न तिन तिन कुराहरुको ख्याल राख्न अनुरोध गर्दै समाजलाई अब युवाको काँधमा आएको र काँधमा काँध मिलाई हार्मालो गर्न आग्रह गर्नुभयो । ति तिन कुराहरुमा समाजले तिन कुराहरुबाट बन्चित हुन मद्यपान, धुम्रपान र मंसपान गर्न आजैदेखि घरका परिवारहरुसँग शेयर गर्नुहोस । अर्को तिन कुराहरु समाजले धर्म, जात र राजनीति सबैलाई सम्मान गर्न सिक्नुहोस । यति कुराहरु अपनाएर सबै समाजका टोलवाशिहरु एकेबद्दता भए विश्वोको नमुना टोल वासी बन्नमा दुइ मत नरहेको बताउनुभयो  ।

कार्यक्रमका सभापति एवं टोल समाजका अध्यक्ष पुस्कर बस्नेतले समाजमा आइ परेका समस्याहरुमत्र होइन त्यसरि नै समाधान गर्न हामि समाजको टोल वासीहरु एकतामा आए र एकेबद्दता भए पक्कै पनि समाजको विकास गर्न कत्ति पनि समय नलाग्ने बताउदै उपस्थित सबैमा शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजका पुर्व अध्यक्ष ठेलुमान राइले विशिष्ठ अतिथि सम्राटले भनेजस्तै हामीले यस्तै बानि बसाउने हो र अनुशासनमा रहेर कार्य गर्ने हो भने हाम्रो समाज विश्वको एकमात्र नमुना बन्न दुइ मत नरेहेको बताउनुभयो ।  विभिन्न बक्ताहरुले आआफ्नो शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा चियापान तथा जलपानको व्यवस्था गरिएको थियो र शान्स्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा समाजका सचिवले पह्सुपति अन्नपुर्णा आश्रमको प्रसंशा गर्दै केहि मास्क माता भद्रकाली तथा केन्द्रीय अध्यक्ष के बि सम्राटलाई हस्तान्तरण गरेका थिए ।

 

 

 

 

Like