३६ टोली मेट्रो फुटसल कपमा भिड्दै

Share to:
रासंसा/काठमाण्डौ, आश्विन २१,
वाईसीएल नेपाल क्षेत्र नम्बर १ द्वारा आयोजित मेट्रो फुटसल कप २०७८ मा ३६ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता असोज २२ गतेदेखि भृकुटीमण्डप फुटसलमा आयोजना गरिँदैछ । ३६ टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । टाईसीट गोल नेपालबाट लाइभ ड्र गरिएको थियो ।

आयोजकले प्रतियोगिता ग्रुपमा लिग हुँदै नकआउट चरणका खेलहरू खेलिने जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् ।

 

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *