रतन टाटाले भने, ‘वेलकम ब्याक’ ६८ वर्षपछि टाटाको भयो एयर इन्डिया :
कान्ताका अनुसार १० डिसेम्बरसम्म एयर इन्डिया टाटा समूहलाई सुम्पिइनेछ । नागरिक उड्डयन सचिव राजिव बंसलले बिजेता बिडरले सबै कर्मचारीलाई पहिलो एक वर्षसम्म जागिरमा यथावत् राख्नुपर्ने बताएका छन् । उनका अनुसार त्यसपछि टाटा समूहसँग स्वेच्छिक सेवानिवृत्ति दिने विकल्प हुनेछ ।
कान्ताका अनुसार एयर इन्डियाले यस्तो निर्णय लिनुअघि थुप्रै स्तरमा छलफल र निर्णय गरेको थियो । भारतको सरकारी एयरलाइन एयर इन्डियालाई यतिबेला प्रतिदिन बीस करोड भारुको हानी भइरहेको छ । एयर इन्डियामा अगस्ट सन् २०२१ सम्म कूल ६१,५६२ भारु ऋण थियो । बिडरले यतिबेला १५,३०० करोडको ऋणको भारी उठाउनुपर्नेछ । नीजिकरणको प्रक्रिया पूरा भएपछि ४६,२६२ करोडको जुन ऋण बाँकी हुनेछ त्यो सरकारको हुनेछ । यो ऋण एयर इन्डियाको एसेट होल्डिङ कम्पनीको हुनेछ ।
एयर इन्डियाको बोली जितेपछि टाटा समूहले एक बयानमा यसलाई खुसीको खबर बताएको छ । रतन टाटाले ट्वीटरमा लेखे, ‘वेलकम ब्याक एयर इन्डिया ।’