रिटायर्ड क्लब नेपाल, सेभ द नेशन मिडिया र राष्ट संरक्षण साप्ताहिक तथा पशुपित अन्नपुृर्णा अाश्रमकाे संयुक्त अायाेजनामा गाउंगाउंमा रक्त संकलन कार्यक्रम सम्पन्न

Share to:

रासंसा, काठमाण्डाैं, अाश्विन २०, 

मुलुकमा भएका विभिन्न संस्थामध्ये रिटायर्ड क्लब नेपाल, सेभ द नेशन मिडिया र राष्ट संरक्षण साप्ताहिक संयुक्त अायाेजनामा गाउंगाउंमा रक्त संकलन कार्यक्रम सम्पन्न गरेकाे छ । संस्थाहरूले मकवानपुर  जिल्लाकाे थाहानगरपालिका वडा नं. ७ स्थित सरस्वति मा. वि. देउखेलमा संस्थाका अध्यक्ष एवं सम्पादक के. बि. सम्राटकाे सभापतित्वमा र विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाकाे प्रमुख अातिथ्यतामा साे कार्यत्रम सम्पन्न गरेकाे हाे । रिटायर्ड क्लब नेपालका सदस्य दशरथ सिंजाली मगरकाे संयाेजकत्वमा भएकाे साे कार्यक्रममा १८ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल स्वयंसेवि रक्तदाता समाजकाे अाह्वानमा नियमित गर्ने गरेकाे रक्तदान कार्यक्रम यस ग्रामिणा भेगमा तेस्राे पटक अायाेजना गरेकाे संयाेजक दशरथ सिंजालि मगरले बताउनुभयाे । नियमित रक्तदान गर्न विश्वमहामारीकाे रूपमा फैलिएकाे काेभिड १९ काेराेना भाइरसका कारण लकडाउन भएका कारण रक्तदान गर्न अवराेध भएकाे र अब निरन्तरता दिने बताउनुभयाे । रक्तदान गर्नेहरूमा प्रायः सबै प्रथम पटक रक्तदान गर्नेहरूमा पर्दछन् । युवाहरूकाे सक्रियतामा भएकाे साे कार्यक्रममा पशुपति अन्नपुर्णाा अाश्रमकी धार्मिक समिति संरक्षक एवं केन्द्रिय सदस्य माता भद्रकालीकाे विशिष्ट अतिथिकाे अातिथ्यता थियाे । संस्थाका सबै सदस्यहरूले विभिन्न जिल्लाहरूमा रक्तदान कार्यक्र लगायत जनचेतना, शिक्षा, परामर्श जस्ता कार्यक्रमहरू गर्दै अाएकाे सर्वविदितै छ ।

कार्यक्रममा २९ वर्षिय महिला मेनुका कार्किले सर्वप्रथम रक्तदान गरेर अरू रक्तदाताहरूलाइ हाैसला प्रदान गरेकी थिइन भने ५० वर्षिय मा. वि. का प्रधानाध्यापक राजेन्द्र थापाले रक्तदान गरेका थिए । अन्य रक्तदाताहरूमा दिपक मल्ल, सुनिल मल्ल ठकुरी, रमेश मुक्तान, बिजुली मल्ल, अनिश अर्जेल, सुमन रूपाखेती, दशरथ सिंजाली मगर, सविनराज खड्का, प्रकाश कार्की, रामशरणा कार्की, राजकुमार लाे, रमेश मुक्तान, उद्वव गर्ताैला, नलराज लाे, माेहन बस्नेत र रविन मुक्तान रहेका छन् । कार्यक्रममा रक्तदाताहरूले अागामी दिनहरूमा उल्लेख्य मात्रामा रक्तदाताहरूकाे सहभागिता जुटाउदै रक्तदान जिवन दान महादान हुने कुरामा प्रितक्रिया दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथि माता भद्रकालीले रक्तदान जिवनदानका लागि सबै उक्साह भइ रक्तदानमा सहभागी हुन अनुराेध गर्दै अाउदै गरेकाे महत्वपूर्णा चाडपर्वहरूकाे पावन अवसरमा उउस्थित सबैमा शुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दीर्घायु एवं उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना दिनुभयाे । कार्यक्रममा रक्तदाताहरूलाइ एवं सहयाेगीहरूलाइ पशुपति अन्नपुर्णा अाश्रमकाे लाेगाे अंकित ब्याच माता भद्रकालीले ग्रहण गराउनुभएकाे थियाे । प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले कार्यक्रममा रक्तदाताहरूकाे उल्लेख्य मात्रामा उपस्थित हुन नसकेकाेमा दुःख व्यक्त गर्दै अागामी ३ महिनामा पुनः कार्यक्रम राखेमा शिक्षक शिक्षिका, विद्यार्थि, अविभावक सबै उपस्थिती हुने बताउदै अाउंदै गरेकाे चाडपर्वहरूकाे शुभकामना व्यक्त गर्नुभयाे ।

कार्यक्रममा रक्तदाता तथा सहयाेगिहरूलाइ सम्मान पत्र वितरणा गरिएकाे थियाे । कार्यक्रमकाे अन्त्यमा संस्थाका अध्यक्ष एवं रक्तदान जीवन दानका कार्यक्रमका सभापति के. बि. सम्राटले हाम्राे संस्था नेपाल स्वयंसेवी रक्तदाता समाजसंगकाे सहकार्यमा निरन्तरता छ । समाजकाे नीति निर्देशनमा यस्ता कार्यहरू सम्पन्न गर्दै अाएकाे र अागामी दिनहरूमा पनि गर्दै जाने बताउंदै कार्यक्रमका संयाेजक रिटायर्ड क्लब नेपालका सदस्य दशरथ सिंजाली मगरलाइ विशेष धन्यवाद तथा सरस्वती मा. वि. का सबै पदाधिकारीहरूमा अाभार व्यक्त गरी प्रधानाध्यापक राजेन्द्र थापा तथा सञ्चालक समिति अध्यक्ष मान बहादुर तामांगलाइ धन्यवाद दिनुका साथै रक्तदान गर्ने सबै किसिमका रक्तदाताहरूलाइ नियमित रक्तदान गर्न अनुराेध गर्नुभयाे । रक्तदान जीवन दान त्यसैले १८ वर्ष ४५ किलाे, रक्तदान गर्न नगराैं ढीलाे भन्ने नाराका सम्पन्न गर्न अाह्वान गर्नुभयाे ।

अब अाउने ३ महिनापश्चात ९० दिनमा फेरी रक्तदान गर्न यहांहरूले अायाेजना गर्न हामीलाइ अामन्त्रण गरेमा हामी तयारी भएर अाउने छाैं भन्नुभयाे । रक्तदान गर्ने सबै रक्तदाताहरूलाइ अाभार व्यक्त गर्दै रक्तदान कार्यक्रममा रक्त सञ्चारकेन्द्रबाट खटिएका प्रतिनिधि चन्द्रा गिरी, जानकी कुवंर र रचना पाैडेललाइ धन्यवाद दिंदै सवारी चालक सन्ताेषा बानियालाइ सफल चालक प्रशंसा गर्दै सम्मान पत्र प्रदान गर्नुभयाे ।

Like