सेयरधनीलाई सानिमा बैङ्कले १७.८९ प्रतिशत लाभांश दिने

Share to:

रासंसा /काठमान्डू, आश्विन ६,

सानिमा बैङ्कले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैङ्कले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । हाल बैङ्कको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *