प्धरधानमन्त्री देउवा आजित, नेपाल र दाहालको षडयन्त्रको महसुषपश्चात मध्यावधि निर्वाचनको मिति तोक्ने तरखरमा
रासंसा / काठमाण्डौ, आश्विन ३,
मुलुकमा प्परधानन्रयायाधिश चोलेन्द्र समशेर जबराको परमादेशबाट प्रधानमन्त्री बनेका शेर बहादुर देउवाले २ महिना सम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर चेपुवामा परेको स्पस्ट भएको छ । प्रधानमन्त्री देउवाले अर्ली इलेक्सन घोषणा गर्न लागेको खबर बाहिरिएको पनि छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सरकार विस्तार गरौँ भनेर देउवालाई अनुरोध गरेका छन् तर जसपाका बावुराम भट्टराई र उपेन्द्र यादवले अहिले विस्तार नगर्न देउवालाई खबरदारी गरिरहेका छन्। नेकपा एमाले विभाजन गर्न ल्याएको अध्यादेश नै अहिले सत्तारुढ गठबन्धनलाई गलपासो बनेको छ। यथाअवस्थामा मन्त्रीपरिषद विस्तार गर्दा जसपा, माओवादी केन्द्र र काग्रेस समेत विभाजन हुने करिब पक्का जस्तै देखीएको छ। सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश सदनमा पेस भएको छ। सदनमा पेस भएको अवस्थामा राष्ट्रपति मार्फत फिर्ता गराउँन सक्ने अवस्था छैन। पास गराउँदा पनि सबै पार्टी फुट्ने र सरकार सम्म विस्तार गर्न नसक्ने अवस्था आएको छ। अध्यादेश स्वत निस्क्रिय हुनको लागी कार्तिक २० गते सम्म कुर्नु पर्ने छ। उपेन्द्र र बावुरामको कुरा माने जस्तो गरेर देउवाले पनि मन्त्रीपरिषद अहिले विस्तार नगेर्ने भएका छन्, देउवाको दाउ भने अर्कै रहेको चर्चा राजनितिक बजारमा व्यापक रुपमा चलेको छ। जती छिटो अर्लि इलेक्सनमा जान देउवा हतारिएको खबर छ। देउवाले सरकार विस्तार गर्न कार्तिक २० गते सम्म कुर्नु पर्ने अवस्था देखिन्छ। केहि दिनमा सानो आकारमा मात्रै मन्त्रीपरिषद विस्तार गर्ने होकी भन्दै देउवाले मुड बनाएका छन् तर यस बिषयमा पनि गठबन्धमा एक मत हुन सकेको छैन। उच्च स्रोतले ओटीभी नेपालाई दिएको सुचना अनुसार मन्त्रीपरिषद विस्तार गर्न त ४ महिना लाग्ने भए पछि यस्तो गठबन्धन सँग सहकार्य गरेर कसरी पार लाग्छ? भन्दै देउवा बेस्करी रिसाएका छन्। त्यसकारण स्थितीमा कुनै आमुल परिवर्तन भएन भने कार्तिक २० भन्दा अगाडी नै देउवाले अर्लि इलेक्सन घोषणा गर्ने तयारी गरेका छन्।