आर्दायघाटमा दाउरा अभावमा शव जलाउन पाइएन
रासंसा / काठमाडौं, भाद्र २८
राजधानीको आर्यघाटमा दाउराको अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । यहाँ दाउरा छैन भन्छन् कहाँबाट हामीले ल्याउने एस मृतकका आफन्लेतले प्रश्न गरे । यस्तो कोरोना महामारीको समयमा समेत दाउरा अभाव गरेर शवको लाइन लगाउनु दुखद भएको उनले बताए । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु जलाउन नपाएपछि यत्रतत्र अलपत्र छन् । एक मलामीका अनुसार बिहान ४ बजे ल्याएको शव अझै जलाउन पाएको छैन् । शव जलाउन नपाउँदा मृतकका आफन्तहरु आक्रोशित समेत भएका छन् । उनीहरुले पशुपति क्षेत्र विकास कोषको यस्तो लापरवाहीले सबैलाई दुखी बनाएको बताएका छन् । यता, पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक घनश्याम खतिवडाले डिपोमा काठ चिर्ने मान्छेले समयमै नचिर्देको कारण दाउरा अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘दाउरा चिर्ने मानिसले समयमै नचिर्देको कारण दाउरा अभाव भएको थाहा पाए, अब तत्काल त्यसको व्यवस्थापनमा म लाग्नेछु ।’ शव जलाउन दाउरा व्यवस्थापन गर्ने एक कर्मचारीले डिपोबाट दाउरा ल्याउन नसकेका कारण दाउरा उपलब्ध गराउन नसकेको बताएका छन् । ‘डिपोमा दाउरा छ’ उनले भने’ ‘तर आर्यघाटसम्म ल्याउन समस्या भएको छ । दाउराको डिपो पशुपतिको आसपास नै रहेको बताइएको छ ।’ उहाँले दाउराका कारण सर्वसाधारणमा पर्न गएको असुविधा प्रति क्षमा समेत माग्नुभएको छ ।