रामकृष्णवचनसुधा पुस्तक विमोचन सम्पन्न

Share to:

रासंसा / भाद्र २६, काठ्माण्डौ ।
राजधानीस्थित ज्ञानेश्वोरमा रहेको रामकृष्ण आश्रमले रामकृष्णवचनसुधा पुस्तक विमोचन सम्पन्न गरेको छ । स्वामी एकार्थानन्द सन्थाका अध्यक्ष सभापतित्व र संस्कृतविद एवं प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपती प्रा. डा. जगमान गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उपस्थित मंचासिन प्रमुख अतिथि, विशेष अतिथि र अतिथिगणहरुले संयुक्त रुपमा सो पुस्तकको विमोचन भएको थियो । आसन ग्रहणको क्रममा प्रमुख अतिथि, विशिष अतिथि, अतिथिगणहरुलाई आसन गराइएको थियो । कार्यक्रममा विशिष अतिथि वरिष्ठ कलाकार एवं आध्यात्मिक चिन्तनशील व्यक्तित्व निखिल उप्रेतीको उपस्थिति थियो । उपस्थित महानुभावाहरुलई स्वागर गर्दै शारदा सत्यालले राम्क्रिश्नका बारेमा चर्चा गर्दै स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन । कार्यक्रमकै क्रममा भिडियो रेकर्ड मार्फत परमपूज्य स्वामी सुबिरानन्द जी महाराज, महासचिव, रामकृष्ण मठ एवं रामकृष्ण मिशन, बेलुर मठ भारतको सुनाइएको थियो । यस्तै स्वामी नित्यज्ञानन्द जी महाराज, पुर्व आध्यात्मिक प्रमख, रामकृष्ण आश्रम नेपालको सुनाइएको थियो । श्रीरामकृष्णवचनसुधा पुस्तकको पाठ केशवराज पाण्डेले सुनाएका थिए । यस्तै प्रा. शंकर राज पन्त, प्रा. गोपीकृष्ण शर्मा, प्रकाश डाँगी, प्रा. डा. कृष्ण चन्द्र शर्माले मन्तव्यमा रामकृष्ण जीलाई भगवान जस्ताको अनुभूति रहेको बताए । यस्तै विशेष अतिथि वरिस्ट कलाकार निखिल उप्रेतीले आफु सानो छँदाको अनुभवलाई उठान गर्दै रामकृष्ण भगवान सांचिकै भगवान रहेको बताए । प्रमुख अतिथिको आसनबाट संस्कृतविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुंगले रामकृष्ण जी महाराजलाई सम्झदै वैबाहिक सम्बन्ध रहेता पनि कर्मेंद्रिय रतिक्रीडा सम्बन्ध नरहेको बताउदै सन्त नेता कृष्ण प्रसाद भट्टराइको सम्झना गर्नुभयो । कार्यक्रमको अन्तमा उपस्थित सबैमा चिया पानको व्यवस्था गरिएको थियो ।

Like