अठार वर्ष पैतालिस किलो, रक्तदान गर्न नगरौ ढिलो, भन्ने नाराका साथ् रक्तदान जागरण गित लोकार्पण
रासंसा/काठमाण्डौ, भाद्र १९,
अठार वर्ष पैतालिस किलो, रक्तदान गर्न नगरौ ढिलो भन्ने नाराका साथ् रक्तदान जागरण गित लोकार्पण कार्यक्रम राजधानीको होटल हार्दिकमा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष स्वयंसेवी रक्तसतक रक्तदाता प्रेम सागर कर्माचार्यको अध्यक्षतामा रक्तादानसंगै सम्पन्न भएको छ l
कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता अन्तराष्ट्रिय वरिष्ठजनस्वास्थ्य हास्य कलाकार मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंस आचार्यको भएता पनि उहाहरुको उपश्थिति उहाहरुकै घरायसी कारणले हुन सकेको थिएन l विशेष अतिथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकि निर्देशक डा. रुना झा र अतिथिहरुमा गनेपाल रेडक्रस सोसाइटीका पूर्व महामन्त्री देवरत्न धाख्वा, नेपाल रेडक्रस सोसैतिकै स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार, रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अनिल श्रेष्ठ पशुपति अन्नपुर्णा आश्रमका अधक्ष एवं पुर्व प्रशासक वरिष्ठ पत्रकार के. बि. सम्राटको आतिथ्यता थियो l कार्यक्रम संचालन वरिष्ठ संचारकर्मी डा. घनश्याम खतिवडाले अति नै सभ्य र भब्य तरीकाले सिस्टता पुर्वक कार्यक्रमको विस्तृत विवरणकासाथ प्रस्तुत गर्दै समाजका आजीवन सदस्य तथा रक्तदाता अभियन्ता एवं होटल हार्दिकका प्रबन्ध निर्देशक रमेश प्रसाद पाण्डेलाई स्वागत मन्तब्यका लागि आमन्त्रण गर्नुभयो l स्वागत मन्तव्यका क्रममा रमेश प्रसाद पाण्डेले विगतका कार्यक्रमहरुको स्मरण गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज अबपनि अझै अघि बढ्नेमा दुइमत नरहेको बताउदै उपस्थित सबै तहपदीय महानुभावहरुलाई स्वागत गर्नुभएको थियो l
स्वागत मंताब्यपश्चात कार्यक्रमको रौनक ब्याच वितरण द्वय बालिकाबाट गरिएको थियो भने संगै राष्ट्रिय गानको धुनबाट मनोरंजन लिईएको थियो l विशेष अतिथि, अतिथिहरु तथा उपस्थित सबै तहपदीय महानुभावहरुको उठानमा रक्तदान जागरण गीत शुभारम्भ संगीत संयोजक मनोहर सुनामबाट सेक्सोफोनको धुनबाट गरिएको थियो l
कार्यक्रममा विशेष अतिथि, अतिथि एवं समाजका अध्यक्षबाट रक्तदाताहरुलाई प्रसंसा पत्र वितरण गरिएको थियो l यस्तै कलाकारहरु संगीत तथा गायक यमन श्रेष्ठ, गायिका निशा देसार, कोरस द्वय सुष्मा लिम्बु र दीपा तामांग, रेकर्दिंग तथा मिक्सिंग भोला पौडेललाई धन्यवाद पत्र वितरण गरिएको थियो l
यस्तै संगीत संयोजन एवं सेक्सोफोन मनोहर सुनाम, धिमे/खी/भुस्या लक्ष्मी डंगोल, बाँसुरी गोपाल देव घतानी, सारंगी हेमन्त कान्छा रसाइली र गित रचनाकार स्वयंसेवी रक्तदाता सतक प्रेम सागर कर्माचार्यलाई धन्यवाद पत्र प्रदान गरिएको थियो l कार्यक्रमको क्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै डा. मनिता राजकर्णिकारले रक्तदाता सतक प्रेम सागर कर्माचार्यसंगको रक्तदान सम्बन्धि कार्यक्रम सहकार्य गर्दै लामो समय भएयता एक अर्काका पुरक भएको स्मरण गर्दै बताउनुभयो l अतिथि अनिल श्रेष्ठले २५ वर्षदेखिको सहकार्यलाई अनुभूति गर्दै आएता पनि सहयोग गर्न खोज्दा पनि सहयोग लिन नमान्दा यसपाली सहयोग गर्न पाउदा खशी ब्यक्त गर्दै शुभकामना दिनुभएको थियो भने अतिथि देवरत्न धाख्वाले लामो समय सहकार्य गरेको अनुभूति ब्यक्त गर्दै शुभकामना दिनुभयो l विशेष अतिथि डा. रुना झाले नेपाल स्वयंसेवी रक्तदाता समाजले गरेको क्रियाकलापमाथि प्रसंसा गर्दै अझै यस्तै क्रियाकलाप गर्न समाजलाई आवाश्यक पर्ने सहयोग जुटाउने प्रेरणा दिनुभयो l
कार्यक्रमको अन्त्यमा उपस्थित अतिथि, विशेष अतिथिलाई मायाको चिनो कार्यक्रमका अध्यक्षबाट प्रदान गरिएको थियो l कर्यक्रमका अध्यक्ष एवं रक्तदाता सतक प्रेम सागर कर्माचार्यले स्वयंसेवी रक्तादाताले निस्वार्थ निशुल्क रुपमा दिएको रगत राज्यले दुरुपयोग गरकोमा दुख ब्यक्त गर्दै सबै जिल्लामा नेपाल स्वयंसेवी रक्तदाता समाजलाई रगत वितरण सम्बन्धि कार्य गर्न दिए र व्यवस्थापनमा सहयोग गरे हामि जिम्मा लिएर रगत आवश्यक पर्नेहरुलाई निशुल्क वितरण गर्ने थियौ बताउनु हुदै उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो l कार्यक्रमको अन्त्यमा चियापानको व्यवस्था गरिएको थियो l